माधव नेपालकाे नेकपा एसकाे के छ अवस्था ? मतगणना अपडेट !

काठमाडौं । सत्ता गठबन्धनमा १६५ मध्ये १९ सीट भाग पाएको नेकपा एसले आधा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । मत गणनाको प्रारम्भिक रुझान अनुसार नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले रौतहट १ मा अग्रता लिएका छन् ।

तर सम्मानित नेता झलनाथ खनाल भने इलाम १ मा एमालेसँग पछि परेका छन् । उपाध्यक्ष राजेन्द्र पाण्डेले धादिङ १ बाट अग्रता लिएका छन् भने उपमहासचिव प्रकाश ज्वालाले सल्यानमा अग्रता लिएका छन् ।

त्यस्तै सचिव मेटमणी चौधरीले दाङ १ मा अग्रता लिँदा विरोध खतिवडाले मकवानपुर २ मा अग्रता लिएका छन् । किसान श्रेष्ठले बारा ४,प्रेम आलेले डोटीमा अग्रता लिँदा श्रम मन्त्री शेरवहादुर कुँवरले अछाम १ मा अग्रता लिएका छन् ।

नेकपा एसले पाएको ललितपुर २ भने गुमाएको छ । त्यहाँ एमालेले विजय हासिल गरेको छ । उपमहासचिव जगन्नाथ खतिवडा,सचिव रामकुमारी झाँक्री,जीवनराम श्रेष्ठ मतगणनामा पछाडि छन् ।

त्यस्तै कास्की २ मा श्रीनाथ बराल चौथो स्थानमा छन् । दैलेख १ मा अम्बरवहादुर थापा झिनो मतले पछाडि छन् । पाल्पा २,बझाङ,सिरहा ४,डोल्पा लगायतका स्थानको मतविवरण आएको छैन ।

पाँच जिल्लाका विभिन्न मतदान केन्द्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग

निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत पाँच जिल्लाको सडक यातायात सुविधा पहुँच नभएका स्थलबाट मतपेटिका तथा निर्वाचन सामग्री सम्बन्धित जिल्ला सदरमुकाम (मतगणनास्थल) ल्याउन नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेको छ ।

आयोगले नेपाली सेनाको युद्ध कार्य निर्देशनालय, युद्ध कार्य विभाग, जंगी अड्डा, भद्रकालीलाई पत्राचार गरी उपयुक्त हवाइ साधनबाट मतपेटिका ढुवानी गर्न जिम्मेवारी दिएको थियो ।

यी केन्द्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग

हुम्ला जिल्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका, ताँजाकोट गाउँपालिका र सर्केगाड गाउँपालिकाका गरी ३४ वटा मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्रीहरू जिल्ला सदरमुकाम सर्केगाड बजार ल्याउन,

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाका नौ वटा मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री जिल्ला सदरमुकाम नाम्चे ल्याउन ।

बझाङ जिल्लाको साइपाल गाउँपालिकाको तीन वटा मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री एकाङ्कुरी डाँडा ल्याउन ।

गोरखा जिल्लाको चुमनुम्री गाउँपालिकाका २२ मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री जिल्ला सदरमुकाम गोरखाबजार ल्याउन ।

मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिकाको पाँच मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री जिल्ला सदरमुकाम चामे ल्याउन ।

संखुवासभा जिल्लाको भोटखोला गाउँपालिकाको चार मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री सदरमुकाम खाँदबारी ल्याउन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *