सिके राउत उपेन्द्र यादवभन्दा ४४ सय मतले अगाडि

काठमाडाैं । सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर २मा जनमत पार्टीबाट उम्मेदवार सिके राउतले प्रतिस्पर्धीहरूसँगको मतान्तर फराकिलो बनाउँदै गएका छन्।

सोमबार राति साढे १० बजेसम्मको मतपरिणाम अनुसार उनले ७ हजार ३५३ मत पाएका छन्। उनका मुख्य प्रतिस्पर्धी जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले २ हजार ९२० मत पाएका छन्।

उनीहरूबीच ४ हजार ४३३ मतको अन्तर छ। यस्तै तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर छन्। उनले १ हजार ३५८ मत पाएका छन् ।

६ सय बढी मतले पछि पर्दै माओवादीकी बिना मगर

कञ्चनपुर क्षेत्र नम्बर १ मा १ हजार ८ सय २९ मतगणना हुँदा एमालेकी तारा लामा तामाङले १ हजार ७१ मतले अग्रता कायमै राखेकी छिन्। यस्तै माओवादीकी बिना मगरले चार सय ५९ मत ल्याएकी छिन्। तामाङ ६ सय बढी मतले लामाभन्दा पछि छिन्।

नुवाकोट १ मा एमाले र २ मा कांग्रेसका उम्मेदवारको अग्रता

नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता लिएको छ । जारी मतगणनाअनुसार एमालेका उम्मेदवार बद्री मैनालीले ५८१ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनकातर्फबाट माओवादी केन्द्रका हितबहादुर तामाङले ५१४ मतसाथ पछ्याइ रहेका छन् । यस्तै, नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रध्युम्न महतले २६२ मत पाएका छन् ।

त्यसैगरी नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले ९४० मतसहित अग्रता कायम राखेका छन् । एमालेका नारायणप्रसाद खतिवडाले ५४१ र राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन पाण्डेले ३७२ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *