गुल्मी २ : ह्वात्तै बढाए बिस्टले अग्रता, झाँक्री दीदीकाे मत कति ? (ताजा अपडेट)

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले मतान्तर फराकिलो बनाउँदै अघि बढेका छन् ।पछिल्लो विवरणअनुसार एमालेका विष्टले २ हजार ५४७ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्यको जारी मतगणनामा इस्मा गाउँपालिका वडा नम्बर १, २ र ३ को मत गन्दा सम्म कुल गनिएको मत ४ हजार ६६३ मध्य एमालेका बिष्टले २ हजार ५४७ मत पाएका हुन् ।

नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्रीले १ हजार ७३१ मतसहित उनलाई पछ्याइरहेकी छन् । पछिल्लो मतगणना अनुसार झाँक्री भन्दा बिष्ट ८१६ मतले अगाडि छन् ।

त्यस्तै हलो चुनावी चिन्हमा २९ मत, लौरोमा १२ मत, तीरमा ४६ मत, सुर्यमुखी फुलमा ९ मत, कुखुराको भालेमा २ मत र अंगुरको झुप्पा तथा ज्यावलमा समान १ मत खसेको छ । २१९ मत बदर भएको छ ।

 

ललितपुर २ बाट नेकपा एमालेका प्रेम महर्जन निर्वाचित

ललितपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मदेवार प्रेमबहादुर महर्जन प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।सोमबार राति सम्पन्न मतगणनाअनुसार १९ हजार ८३४ मत ल्याउँदै महर्जन निर्वाचित भएका हुन् ।

यससँगै मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले खाता खोलेको छ । उनका निकतटम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत ल्याएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वुद्धरत्न महर्जनले १० हजार १३६ मत ल्याए । साथै सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन ९ हजार ५३९ मतसहित चौथो स्थानमा रहेका छन् ।

यस्तै राप्रपाका रघुवरराज थापाले ७ हजार ७९९ मत ल्याए । यद्यपि निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गरिसकेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *