इसईईको रिजल्ट साउन दोस्रो हप्ता, यो पल्ट हेडसरले मनोमानी गर्न नपाउने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा साउन दोस्रो साता आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको छ ।

एसईईका लागि फाराम भरेका विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्यांकनका सबै काम पूरा गरेर जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भनिएको छ । असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसइईको अन्तिम नतिजा प्रकाशन गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार २० गतेसम्म सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी पठाउने समयसीमा निर्धारण गरेको छ ।

विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वय समितिले राष्ट्रिय परीक्षा बोर्डमा पठाइसक्नुपर्ने भनिएको छ । कुनै अवरोध नभए बोर्डले एसइईको नतिजा आगामी साउन १५ भित्र सार्वजनिक गर्न सक्ने र भदौदेखि कक्षा ११ को पढाइ शुरु गर्ने गरी बोर्डले नतिजा प्रकाशनको तयारी गरेको छ ।

विद्यार्थीको आन्तरिक मूल्याङ्न गर्न यो पल्ट मुख्य विषयका शिक्षकलाई जिम्मेवार बनाएर विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षक गरी पाँच जना सम्मिलित पाँच सदस्यीय समिति बनाउनु पर्ने भनिएको छ । गएको वर्ष प्रधानाध्यापक एक्लैले जथाभावी नम्बर हालेर पठाएको गुनासो आएपछि यो पल्ट पाँच सदस्यीय समिति बनाउने निर्णय बोर्डले गरेको हो ।

अब पाँच सदस्यीय समितिले गरेको हस्ताक्षरसहितको अन्तिम मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published.