बागमती प्रदेशमा कांग्रेसले खोल्यो खाता, दोर्जे लामा विजयी !

काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नं ३ (१) मा छिरिङ दोर्जे लामा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार लामाले एमालेका चन्द्रमान लामा र दीपेन्द्र लामालाई पछि पार्दै दोस्रो पटक जित हासिल गरेका हुन् ।

उनले १ हजार १०० भन्दा बढी मतान्तरले जित हासिल गरेका छन् । मत गणना सम्पन्न भए पनि निर्वाचन आयोगले भने घोषणा गरिसकेको छैन ।

मनाङबाट प्रतिनिधि सभामा कांग्रेसका गुरुङ निर्वाचित

हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले ३ सय ३० मतान्तरले नेकपा (एमाले) का पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् ।

कांग्रेसका गुरुङले २ हजार ५ सय ७७ मत ल्याएका छन्। एमालेका गुरुङले २ हजार २ सय ४७ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले ५ मत ल्याए ।

कांग्रेसका टेकबहादुर गुरुङ २०७० मा दोस्रो संविधान सभा सदस्यमा निर्वाचित भएका थिए। मनाङ ङिस्याङ गाउँपालिका ८, टङ्की मनाङका गुरुङ २०३६ मा बीपी कोइरालाबाट कांग्रेसको सदस्यता लिएका थिए ।

कांग्रेसको तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा २०७० फागुन १३ गतेदेखि २०७२ पुस ९ गतेसम्म श्रम तथा रोजगार राज्यमन्त्री पनि भएका थिए । मनाङमा २०७४ को चुनावमा पहिलो पटक एमालेले जितेको थियो ।

टेकबहादुर गुरुङलाई २ सय ८९ मतले उछिन्दै एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित  भएका थिए । पोल्देन छोपाङले २ हजार ३ सय मत प्राप्त गर्दा टेकबहादुरले २ हजार २१ मत प्राप्त  गरेका थिए ।

इलाम २ मा नेम्वाङलाई पछि पार्दै ६ मतले खड्का अगाडि

इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सभापति डम्बरबहादुर खड्काले एमाले उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङलाई पछि पार्दै अग्रता लिएका छन् ।

पछिल्लो मत परिणामअनुसार १ हजार ६ सय २३ मत गणना हुँदा खड्काले एमालेका उपाध्यक्ष एवम् संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई ६ मतले पछि पारेका हुन् ।

खड्काले ५ सय ४३ मत पाउँदा नेम्बाङले ५ सय ३७ मत प्राप्त गरेका छन् । खड्कालाई गठबन्धनको साथ रहेको छ । यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीका खड्ग बहादुर पालुङ्वाले ३ सय ७२ मतका साथ तेस्रो स्थानमा छन् । १ लाख १५ हजार ४ सय २३ मतदाता रहेको उक्त क्षेत्रमा ६९ हजार ८५ मत खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *