चितवन–२ मा एमालेकाे अग्रता कायमै, रवि लामिछानेकाे मत कति ?

चितवन । चितवन–२ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायम राखेका छन् । सोमबार राति ४ हजार २४१ मत गणना हुँदासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तेस्रो स्थानमा नै छन् ।

एमालेका पोखरेलले १६५०, नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३८३ र रास्वपाका लामिछानेले ९६३ मत पाएका छन् । हाल इच्छाकामना गाउँपालिकाको मत गणना भइरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले भरतपुर महानगरपालिका क्षेत्रको मतगणना हुँदा रविले अग्रता लिने बताएका छन् । यो क्षेत्रबाट २०७४ सालमा एमालेका पोखरेल निर्वाचित भएका थिए ।

धनुषा क्षेत्र ३ मा जुली महतोको अग्रता कायमै

धनुषाको चार वटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नं. १, २ र ३ मा मतगणना जारी रहे पनि क्षेत्र नं. ४ मा अझै पनि मतगणना सुरु हुन सकेको छैन ।

निर्वाचन आयोगले एक निर्वाचन क्षेत्रमा चार ठाउँमा मतगन्ना गर्न दिएको निर्देशन बमोजिम पुर्वाधार तयारी गर्नमा ढिलाइ भएपछि एउटा निर्वाचन क्षेत्रको मतगणना अझै सुचारु हुन सकेको छैन ।

निर्वाचन क्षेत्र नं. ४ मा राति ८ वजेपछि मतगणना सुचारु गर्ने तयारी निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्वाचन अधिकृत सुदिप डंगोलले जानकारी दिए । धनुषा क्षेत्र नं.१, २ र क्षेत्र नं. ३ मा मतगन्ना सुचारु रहेको मुख्य निर्वाचन अधिकृत ब्रजेस प्याकुरेलले जानकारी दिए ।

मतगणनाको पछिल्लो मत परिणामअनुसार धनुषा क्षेत्र नं.३ मा नेकपा (एमाले) का उम्मेदवार जुलीकुमारी महतोको अग्रता कायमै रहेको छ । महतोले ६०८ मत प्राप्तगरी अग्रता कायम राखेकी छिन् । उनलाई जनमत पार्टीका उम्मेदवार शम्भु साह ३२० मत र गठबन्धनका उम्मेदवार अनिल झा ३१० मत ल्याएका छन् ।

त्यसैगरी क्षेत्र नं. १ मा ४९२ मत गणना हुँदा जनता समाजवादी पार्टीका उम्मेदवार दिपक कार्की १४६ मत प्राप्तगरी अग्रता लिएका छन् । उनलाई गठबन्धनको तर्फवाट माओवादी केन्द्रका उम्मेदवार मातृका यादवले १२८ मत प्राप्तगरी पच्छयाइ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *