मोरङ–३ मा रेखा थापाकाे अवस्था के छ ? ताजा अपडेट

विराटनगर । मोरङ–३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले फराकिलो अग्रता लिएका छन् । उनले एक हजार ११६ मत पाउँदा नेकपा एमालेका भानुभक्त ढकालले ५३२ मत पाएका छन् ।

त्यस्तै राप्रपाकी उम्मेदवार रेखा थापाले २४२ मत पाएकी छन् । यो क्षेत्रमा २०७४ सालमा पनि कांग्रेसका सुनि शर्मा र एमालेका ढकालबीच नै प्रतिस्पर्धा भएको थियो र ढकाल निर्वाचित भएका थिए ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठको अग्रता कायमै

काठमाडौं क्षेत्र नम्बर ९ का प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट उम्मेदवार कृष्णगोपाल श्रेष्ठले अग्रता कायम राखेका छन्।

पछिल्लो मतपरिणाम अनुसार उनले ४६१६ मत पाएका छन्। उनका मुख्य प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल हुन्। उनीहरूबीच ४८२ मतको अन्तर छ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रकी कल्पना धमला छिन्। उनले भने २४३० मत पाएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्र प्रधानले भने १८२७ मत पाएका छन्। पाँचौ स्थानमा मिलन पाण्डे छन्। उनले ८२९ मत पाएका छन्।

उता, प्रतिनिधिसभामा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका प्रेमबहादुर आलेमगरले सुरूवाती अग्रता लिएका छन् । उनले एक हजार २ सय ४९ मत गणना गर्दा ६ सय ४० मत पाएका छन् ।

नेकपा एमालेकी गौरीकुमारी ओलीले ४ सय ५३ मतका साथ आलेलाई पछ्याइरहेकी छन् । स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर खड्काले भने ५३ मत पाएका छन् ।

बडीकेदार गाउँपालिका वडा नं ४ मा प्रतिनिधिसभाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले बताए ।

मनाङ पनि कांग्रेसको पोल्टामा

वाम गठबन्धनका कारण २०७४ मा मनाङ गुमाएको नेपाली कांग्रेसले यसपटक त्यो हारको बदला लिएको छ। कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ एमाले उम्मेदवारलाई पराजित गर्दै विजयी भएका छन्।

निर्वाचन अधिकृत उत्तम सिलवालका अनुसार उनले २ हजार ५७५ मत प्राप्त गर्दा एमाले उम्मेदवार पाल्देन लोप्साङ गुरुङले २ हजार २४७ मत ल्याएका छन्।गुरुङ ३२८ मतले विजयी भएका छन्। पोल्देन निवर्तमान सांसद हुन् भने टेकबहादुर पूर्वश्रमराज्यमन्त्री हुन्।

मनाङको यो निर्वाचन परिणामसँगै आम निर्वाचन–२०७९ को दोस्रो नतिजा पनि नेपाली कांग्रेसको पाेल्टामा गएकाे छ।यसपटक मनाङका विजेता कांग्रेसका टेकबहादुर गुरुङलाई एमालेका पाल्देनले २०७४ मा पराजित गरेका थिए।

आफूलाई पराजित गरेका निवर्तमान सांसद पाल्देनलाई पराजित गर्दै कांग्रेसका टेकबहादुरले यसपटक बाजी मारेका हुन्।

कांग्रेसका गुरुङ २०७० को आम निर्वाचनमा पनि मनाङबाट निर्वाचित भएका थिए। त्यो बेला उनी श्रममन्त्री पनि बन्न सफल भएका थिए। तर, २०७४ मा वाम गठबन्धनका कारण पराजित भए।

२०७४ को निर्वाचनका विजेता एमालेका पाल्देनले २ हजार ३ सय मत प्राप्त गर्दा पराजित टेकबहादुरले २ हजार २१ मत प्राप्त गरेका थिए।

मनाङका दुई प्रदेश सभामध्ये प्रदेश ‘क’ बाट नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ विजयी भइसकेका छन्। प्रदेश सभा ‘ख’ मा स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *