माधव नेपालले कति भाेट पाए ? राैतहट १ अपडेट !

काठमाडौं । रौतहट क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अग्रता कायमै राखेका छन् । जारी मतगणनाको पछिल्लो परिणाम अनुसार उनले तीन हजार ३५८ मत प्राप्त प्राप्त गरेका छन् ।

उनलाई एमालेका अजयकुमार गुप्ताले दुई हजार ३०४ मतसहित पछ्याइरहेका छन् । उनीहरूको मतान्तर एक हजार ५४ रहेको छ ।

रोल्पामा वर्षमान पुनको फराकिलो अग्रता

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन फराकिलो अग्रतासहित अगाडि छन्। प्रतिनिधि सभाको २ हजार ६०० मतगणना हुँदा पुनले १ हजार ६८० मत ल्याएका छन्।

उनलाई एमालेका पूर्ण बुढामगरले ५५४ मतसहित पछ्याइरहेका छन्। यस्तै, लिला राउत (राप्रपा) १८२, राम बहादुर वली क्षेत्री (राप्रपा नेपाल) ६, नाति भाइ हयाम्बो (मादल) ३२ मतमा समेटिएका छन्।

प्रदेश सभा .(क) को ३ हजार ११३ मतगणना गर्दा माओवादीका जोख बहादुर महराले १ हजार ८२९ मतसहित अग्रता लिएका छन्। उनका प्रतिस्पर्धी एमालेका कमल बहादुर बुढाथोकीले ७२१ मत ल्याएका छन्।

यसैगरी, पदम बहादुर थापा (राप्रपा) १८९ र गन्ज बहादुर शाही (राप्रपा नेपाल) ३८ मत ल्याएका छन्। प्रदेश सभा (ख) मा २ हजार १९२ मतगणना गर्दा स्वतन्त्र दिपेन्द्र कुमार पुन ९७३ मतसहित अगाडि छन्।

यस्तै, अमर सिह पुन (काङ्ग्रेस) ५४१, प्रेम बहादुर घर्तिमगर (एमाले) ५०१, सेते दमाई (राप्रपा) ३३ र केशर बहादुर पुन (राप्रपा नेपाल) २५ मत ल्याएका छन्।

शंकर पोखरेल साढे ११ सय मतले पछि परे

नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ–२ मा सत्ता गठबन्धनभन्दा साढे ११ सय मतले पछि परेका छन्। सत्ता गठबन्धनले उम्मेदवार बनाएकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले उनलाई १ हजार १५८ मतले पछि पारेकी छन्।

पछिल्लो मत परिणाममा शर्माले ४ हजार ७१५ र महासचिव पोखरेलले ३ हजार ५५७ मत पाएका छन्। २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्वाचित भएका थिए।

महरा ४० हजार ४२ मतका साथ विजयी हुँदा उनका निकटतम् प्रतिष्पर्धी राजु खनालले २५ हजार ८९७ मत ल्याएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *