नवलपरासी-१ : विनोद चौधरी र हृदयेश त्रिपाठी कसकाे मत कति ?

काठमाडाैं । नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अहिलेसम्म आफ्नो अग्रता कायम राखेका छन्।

चौधरीले २२३० मत ल्याएका छन् भने जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले १६६४ मत ल्याएका छन्। यहाँ नेकपा एमालेले हृदयेशलाई सहयोग गरेको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन १३०५ मत ल्याएर तेस्रो स्थानमा छन्।

नवलपरासी क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुवबहादुर प्रधान भारी मतान्तरसहित अगाडि छन्।अहिलेसम्मको मतगणनाअनुसार उनले २५४५ मत ल्याएका छन्।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्रराज कडेलले जम्मा ९९५ मत ल्याएका छन्। उनी प्रधानभन्दा १५५० मतले पछाडि छन्। यहाँ नेकपा एमालेका दिपेन्द्रकुमार अधिकारी ५७४ मत ल्याएर तेस्रो स्थानमा छन्।

उता, झापा क्षेत्र नं. १ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतान्तर बढाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार शर्मा ५३४३ मतसहित लिड गरिरहेका छन् भने नेकपा एमालेका अग्नि खरेल ३१०८ मत पाएका छन् । शर्मा २२३५ मतले अगाडि छन् ।

मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना ९४४ मतले अगाडि छिन् । पछिल्लो मतपरिणामअनुसार उनले ३०७३ मत पाएकी छन् ।

उनलाई पछ्याइरहेका एमालेको चुनाव चिह्नबाट लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०१२९ मत पाएका छन् । उनीहरूबीच ९४४ मतान्तर छ ।

नागरिक उन्मुक्तिका केन्द्रीय महासचिव थापाको प्रदेश सुरुवाती अग्रता

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय महासचिव रतन बहादुर थापाले प्रदेश सभामा सुरुवाती अग्रता बनाइरहेका छन् । अघिल्लो पटक नेकपा एमालेबाट प्रदेश सभामा विजयी भएका रेग्मी अहिले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभाकै उम्मेदवार भएका छन् ।

एमालेले स्थानीय तहको निर्वाचन पछि स्पष्टीकरण सोधेपछि उनी एमाले छोडेर नागरिक उन्मुक्ति पार्टीमा लागेका थिए । अहिले सम्म ८०० मत गण गर्दा थापाले ४३९ मत प्राप्त गरेका छन् ।

उनलाई कांग्रेसका कमल शाहले पच्छाइरहेका छन् । शाहको २०९ मत छ । तेस्रोमा एमाले उम्मेदवार कमला ओली छिन् । उनको १२५ मत छ । प्रतिनिधि सभा तर्फ पनि कैलालीका ३ क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले अग्रता बनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *