काठमाडौं-१ मा प्रकाशमान सिंह विजयी, रविन्द्र मिश्र पराजित

काठमाडौं । काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् ।सिंहले प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रबीन्द्र मिश्रलाई एक सय २९ मतले पराजित गरे ।

सिंहले सात हजार एक सय ४० मत ल्याए । साथै, मिश्रले सात हजार ११ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सिंह २०६४, २०७०, २०७४ को निर्वाचन सोही क्षेत्रबाट जितेका थिए । यो जितसँगै उनी चौथोपटक सांसद पदबाट निर्वाचित भएका हुन् ।

अघिल्लोपटक विवेकशील साझाबाट उमेदवार बनेका मिश्र सिंहसँग ८१८ मतले पराजित भएका थिए । यसपटक राप्रपा प्रवेश गरेर उमेदवार बन्दा पनि उनी १२९ मतले पराजित भएका हुन् ।

तत्कालीन समयमा कांग्रेसका सिंहले १० हजार नौ सय ३६ मत प्राप्त गरेका थिए भने विवेकशिल साझा पार्टीका उम्मेदवार मिश्रले १० हजार एक सय १८ मत प्राप्त गरेका थिए ।

बाँके – ३ मा एमालेका कक्षपपित अगाडि

बाँकेको क्षेत्र नम्बर ३ मा नेकपा एमालेका किस्मतकुमार कक्षपतीले अग्रता कायमै राखेका छन् ।

सार्वजनिक पछिल्लो मत परिणामअनुसार ११ हजार ६६३ मत गणना हुँदा एमालेका कक्षपतीले ३०९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले २४२३ मत प्राप्त गरेका छन् ।

हालसम्म यी दुई बीचको मतान्तर ६७६ रहेको छ । यहाँ राष्टिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले १०५१ मत प्राप्त गरेका छन् । हालसम्म ४४७ मत बदर भएको छ। मतगणा जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *