ह्वात्तै बढाए रवि लामिछानेले मत, दाेस्राे स्थानमा उक्लिए (ताजा अपडेट)

चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो स्थानमा पुगेका छन् । ७ हजार ७४५ मत गणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलले २ हजार ६०३ मत पाएका छन् भने रवि लामिछानेले २ हजार ३८४ मत पाएका छन् ।

तेस्रो स्थानमा झरेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले २ हजार २६३ मत पाएका छन् । ग्रामीण क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु हुँदा रवि तेस्रो स्थानमा थिए ।

शहरी क्षेत्रको मत गणना हुन थालेपछि रविले मत बढाउँदै लगेका छन् । यो क्षेत्रबाट यसअघि एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।

गोरखा–२ मा प्रचण्डलाई ३४०० मतको अग्रता

गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतान्तर बढाएका छन् । ८ हजार ५४० मत गणना हुँदा प्रचण्डले चार हजार ८३२ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले एक हजार ४२४ मत पाएका छन् ।

प्रचण्ड र बुर्लाकोटीबीचको मतान्तर तीन हजार ४०८ रहेको छ । तेस्रो स्थानमा रहेका नेकपा एमालेका अब्दुस मियाले ११७६ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई निर्वाचित भएका थिए ।

राैतहट १ : माधव नेपालकाे अग्रता 

रौतहटको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आग्रता कायमै राखेका छन् ।

गौर नगरपालिकाको वडा नं. १, २, ३, ४ यमुनामाई गाउँपालिकाको वडा नम्बर १ र २ भेडियाही र वडा नम्बर १ जेठहरियाको बुथ गनेर सकिएको छ ।

पछिल्लो मतगणनाअनुसार नेपाल ४ हजार ८२१ मतका साथ अगाडि छन् । निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार अजयकुमार गुप्ताभन्दा १ हजार २०५ मतान्तरले नेपाल अगाडि छन् । गुप्ताले ३ हजार ६१६ मत ल्याएका छन् ।

नुवाकाेटमा केसीकाे अग्रता 

प्रतिनिधिसभा सदस्यतर्फ नुवाकोट क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उमेदवार अर्जुननरसिंह केसीले लगातार अग्रता बनाएका छन् । हालसम्म तीन हजार ७८ मतगणना हुँदा केसीले दुई हजार ७६ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का नेता एवं निवर्तमान सांसद नारायणप्रसाद खतिवडाले ९५५ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार सुमनविक्रम पाण्डेले ७०७ मत ल्याएका छन् ।

यस्तै, नुवाकोट–२ प्रदेशसभा ‘क’ मा नेकपा (माओवादी केन्द्र)का रामप्रसाद ढुंगानाको अग्रता कायमै छ । उनले दुई हजार २५६ मत पाएका छन् । प्रतिस्पर्धी एमालेका उमेदवार केशवप्रसाद पाण्डेले एक हजार ४३ मत ल्याएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *