पाल्पा-२ मा एमालेका गैरेको अग्रता

तानसेन । पाल्पाको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यतर्फ एमालेका ठाकुर गैरेले ३०९० मतका साथ अग्रता लिएका छन्। त्यहाँ एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेले २४२६ मत प्राप्त गरेका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ४१९ मत पाएका छन्। क्षेत्र नं. २ मा १ लाख ५ हजार २ सय ९३ मतदाता छन्। ६४ हजार २ सय ३ मत खसेको छ ।

पाल्पा-१ मा एमालेका आचार्य दोब्बरले अगाडि

पाल्पा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यतर्फ एमालेका नारायण आचार्यले दोब्बर बढी मत अन्तरले अग्रता लिएका छन्।

मंगलबार बिहान ७ बजेसम्मको मतगणना अनुसार एमालेका आचार्यले २७५९ मतले अग्रता लिइरहँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले १२२५ मत प्राप्त गरेका छन्।

रामपुर क्षेत्र रहेको क्षेत्र नं. १ मा ९६ हजार ३३ मतदाता रहेकोमा ५८ हजार ४ सय ९१ मत खसेको छ।

रुपन्देही-५ मा नेकपा एमालेका बासुदेव घिमिरेको अग्रता

रुपन्देही निर्वाचन क्षेत्र नं ५ को प्रतिनिधि सभातर्फ नेकपा एमालेका बासुदेव घिमिरेले अग्रता लिएका छन्। पछिल्लो मतगणना अनुसार घिमिरेले ५९१८ मत ल्याएका छन् भने भने नेपाली कांग्रेसका भरत कुमार शाहले ४३७९ मतले पछ्याइरहेका छन्।

सुरुआत देखि नै अगाडी रहेका शाहलाई मंगलबार बिहान घिमिरेले पछि पारेका हुन्। कुल १ लाख २९ हजार १३५ मतदाता रहेको उक्त निर्वाचन क्षेत्रमा ८५ हजार ७ सय ३६ मत खसेको निर्वाचन अधिकृत चिन्तामणी शर्माले जानकारी दिए। मतगणना कार्य जारी छ ।

झापा ३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै

झापा क्षेत्र नंं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् । मंगलबार बिहान ७ बजेसम्मको परिणाम अनुसार ९ हजार १२ मत गणना गर्दा लिङ्देनले ४ हजार ७३९ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी कांग्रेस नेता कृष्ण सिटौलाले ३ हजार ३४२ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *