गुल्मी २ बाट आयाे ताजा अपडेट, बिस्ट र झाँक्री दीदीकाे फराकिलाे अन्तर !

गुल्मी। गुल्मी क्षेत्र नं. २ मा नेकपा एमालेका गोकर्ण बिष्टले आफ्नो सुरुवाती अग्रता कायमै राखेका छन् । प्रतिनिधिसभा सदस्यको जारी मतगणनामा नेकपा एमालेका बिष्टले ६ हजार ४४४ मत पाएका छन् ।

नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्रीले ४ हजार ९४ मतसहित उनलाई पछ्याइरहेकी छन् । पछिल्लो मतगणना अनुसार झाँक्री भन्दा बिष्ट २ हजार ३५० मतले अगाडि छन् । यतिबेला इस्मा गाउँपालिकाको मतगणना सकेर मदाने गाउँपालिकाको मतगनना चलिरहेको छ ।

स्वतन्त्र उम्मेदवार कमला पुनको चुनावी चिन्ह सिरिन्जमा १२७ मत, हलो चुनावी चिन्हमा राष्ट्रिय प्रजातन्त्र पार्टीका युबराज घिमिरेले ११० मत,

हाम्रो नेपाल पार्टीका उम्मेदवार रामलाल पाण्डेको चुनाव चिन्ह लौरोमा २० मत, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवार ठाकुर प्रसाद पाण्डेयको चुनाव चिन्ह तीरमा ८९ मत खसेको छ ।

त्यस्तै स्वतन्त्र उम्मेदवार अमर बहादुर कार्कीको चुनाव चिन्ह सुर्यमुखी फुलमा १९ मत, मंगोल नेशनल अर्गनाईजेशनको चुनाव चिन्ह कुखुराको भाले पदम बहादुर थापाले ४ मत

र स्वतन्त्र उम्मेदवार केशर बहादुर थापाले अंगुरको झुप्पामा ३ मत र अर्का स्वतन्त्र उम्मेदवार तेजेन्द्र बहादुर महतले आफ्नो चुनावी चिन्ह खण्डे थालमा १ भोट प्राप्त गरेका छन् ।

रुपन्देही-५ मा नेकपा एमालेका बासुदेव घिमिरेको अग्रता

रुपन्देही निर्वाचन क्षेत्र नं ५ को प्रतिनिधि सभातर्फ नेकपा एमालेका बासुदेव घिमिरेले अग्रता लिएका छन्। पछिल्लो मतगणना अनुसार घिमिरेले ५९१८ मत ल्याएका छन् भने भने नेपाली कांग्रेसका भरत कुमार शाहले ४३७९ मतले पछ्याइरहेका छन्।

सुरुआत देखि नै अगाडी रहेका शाहलाई मंगलबार बिहान घिमिरेले पछि पारेका हुन्। कुल १ लाख २९ हजार १३५ मतदाता रहेको उक्त निर्वाचन क्षेत्रमा ८५ हजार ७ सय ३६ मत खसेको निर्वाचन अधिकृत चिन्तामणी शर्माले जानकारी दिए। मतगणना कार्य जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *