एमालेकाे गड इलाकामा, ‘गगनकाे धमाका’ आयाे भारी मत (ताजा अपडेट)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेको पकड भएको भनिएका वडाहरुबाट उल्लेख्य मत प्राप्त गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ मा थापा र एमालेका डा. राजन भट्टराई मुख्य प्रतिस्पर्धी हुन् । यो क्षेत्रमा काठमाडौं महानगरका चारवडा (१, ७, ८ र ३०) सहित बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडाहरु पर्दछन् ।

स्थानीय तहको मतको आधारमा राजनका लागि बुढानीलकण्ठका वडाहरु अनुकूल थियो । बुढानीलकण्ठको प्रमुखसहित सबै वडाका अध्यक्षमा एमाले विजयी भएको थियो । तर त्यही क्षेत्रबाट थापाले धेरै मत पाएका छन् ।

मतगणनाको प्रारम्भदेखि नै कांग्रेस उम्मेदवार थापाले अग्रता लिएका १, २, ८, ९, १०, ११, १२ र १३ सहित काठमाडौं महानगरका १ र ७ वडा नम्बरको गणना सकिँदा त्यसलाई कायमै राखेका छन् ।

पछिल्लो अपडेटअनुसार थापाले ५ हजार ५६८ को अग्रता लिएका छन् । उनले १७ हजार ५१६ मत पाउँदा राजनले ११ हजार ९४८ मत पाएका छन् ।

अब काठमाडौं महानगरका ८ र ३० नम्बर वडाको मत गन्न बाँकी छ । यी दुवै वडामा कांग्रेस बलियो छ । स्थानीय निर्वाचनमा दुवै वडाको वडाध्यक्ष कांग्रेसले जितेको थियो । महानगरको वडा नम्बर ८ मा ३ हजार ६१७ मत खसेको छ भने अर्को वडा ३० मा ४ हजार ८७१ मत खसेको छ ।

भोजपुरमा एमालेका शेरधन राईलाई पछि पार्दै माओवादीका सुदन किरातीको अग्रता

भोजपुरमा माओवादी केन्द्रका सुदन किरातीले अग्रता उल्टाएका छन्। उनले नेकपा एमालेका शेरधन राईलाई पछि पार्दै अग्रता उल्टाएका हुन्।

किरातीले एक हजार ५४१ मत ल्याएका छन् भने राईले एक हजार ८५ मत प्राप्त गरेका छन्। भोजपुरमा यी दुई जनाबीच नै मुख्य प्रतिस्पर्धा रहेको छ।

अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट माओवादीका किराती नै निर्वाचित भएका थिए। तर त्यो बेला एमाले र माओवादी एकता गरेर नेकपा गठन भएको बेला थियो।

भोजपुरमा लामो समयदेखि नै यी प्रतिस्पर्धीबीच रोचक प्रतिस्पर्धा हुँदै आएको छ। २०६४ मा सुदनले शेरधनलाई नै हराएर निर्वाचन जितेका थिए। तर २०७० को निर्वाचनमा शेरधनले सुदनलाई हराएर बदला लिए।

२०७४‍ क‍ो चुनावमा भने किराती प्रतिनिधि सभा र राई प्रदेश सभामा उम्मेदवार बनेका थिए। उनीहरू दुबै जना विजयी भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *