चितवन २ को मतगणनामा पहिलो स्थानमा उक्लिए रवि, कसको मत कति ?

काठमाडौं । चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । यसअघि दोस्रो र तेस्रो स्थानमा रहेका उनको मतको अग्रता बढ्न थालेको हो । पछिल्लो अपडेट अनुसार लामिछानेले ३ हजार ९४९ मत पाएका छन् ।

दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले ३ हजार १७७ मत पाएका छन् भने तेस्रोमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले २ हजार ७१२ मत पाएका छन् ।

यस्तै चितवन १ मा स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता फराकिलो बनाउँदै लगेका छन् । १४ हजार २८४ मत गणना हुँदा ढकालले ५,०९८ मत ल्याएका छन् भने नेपाली काङ्ग्रेसका विश्वनाथ पौडेलले ३८८५ मत प्राप्त गरेका छन् ।

पौडेलले सुरुवाती अग्रता लिए पनि पछि ढकालले उछिनेका थिए । नेकपा एमालेका सुरेन्द्र पाण्डेले ३८८४ मतले पछ्याइ रहेका छन् ।

चितवन निर्वाचन क्षेत्र ३ काे ताजा मतपरिणाम (९६४० गणना हुँदा ) माओवादी केन्द्र (डा. भाेजराज अधिकारी २२१४) राप्रपाका (विक्रम पाण्डे २३५६) स्वतन्त्र (दिनेश काेइराला २३४९) रास्वपा (जीता बराल २०७८)

ओखलढुंगाका तीनवटै स्थानमा गठबन्धनका उम्मेदवारको अग्रता

ओखलढुंगाको जारी मत गणनामा प्रतिनिधिसभा र प्रदेश दुवैमा गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् । मंगलबार बिहान ८ बजेको मत परिणामअनुसार

प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका रामहरि खतिवडाले ३७५८ मतसहित अग्रस्थानमा छन् भने एमालेका यज्ञराज सुनुवार ३०२६ मतले पछ्याउँदैछन् ।

त्यस्तै प्रदेशतर्फ ‘क’ मा कांग्रेसका प्रदीप सुनुवार ६३६३ मतसहित अग्रस्थानमा हुँदा एमालेका अम्बिरबाबु गुरुङ ४९०२ मतले पछ्याइरहेका छन् । गुरुङभन्दा सुनुवार १४६१ मतले अगाडि छन् ।

त्यस्तै प्रदेश ख मा पनि माओवादीका बाबुराम गौतम अगाडि छन् । गौतम ४७८९ मतसहित अग्रस्थानमा हुँदा एमालेका ज्ञानबहादुर खड्का ४७८१ मत पाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *