काठमाडौं ४ मा गगन थापाको जित निश्चित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ ।

अब गन्न बाँकी मत ४ हजार ८७१ छ । तर अहिले नै गगनको मतान्तर ५ हजारभन्दा बढी भएकाले उनको जित निश्चित भएको हो । काठमाडौं क्षेत्र नम्बर ४ मा गगनसँग नेकपा एमालेका डा. राजन भट्टराई प्रतिस्पर्धामा छन् ।

झापा १ मा विश्वप्रकाश शर्मा लगातार अघि

झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले निरन्तर अग्रता लिइरहेका छन्। अहिले पनि मतगणना जारी छ। अहिलेसम्म २४ हजार ८ सय १४ मतगणना भएको छ। शर्माले १२ हजार ७०० मत ल्याएका छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले ७ हजार ७८८ मत ल्याएका छन्। शर्मा र खरेलबीच ४ हजार ९०१ को मतान्तर छ। यहाँ करिब ५८ हजार मत गणना गर्न बाँकी छ।

प्रदिप पौडेल २२३७मतले अघि

काठमाडौ क्षेत्र नम्बर ५ मा २२ हजार ६५ मतगणना भइसकेको छ ।नेपाली कांग्रेसका प्रदिप पौडेलले अग्रता कायमै राखेका छन्। उनले ७ हजार ३५० मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा (एमाले)का इश्वर पोखरेलले ५११३ मत प्राप्त गरेका छन्। पौडेल र पोखरेलबीच २२३७ को मत अन्तर रहेको छ।

मकवानपुर-१ एमालेका थापासँग मतान्तर बढाउँदै कांग्रेसकी डिना

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर-१ मा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा विरुद्ध सत्ता गठबन्धनबाट कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले मतान्तर बढाएकी छिन् ।

डिनाले एमालेका उम्मेदवार थापा विरोध १ हजार ८८४ मतको फराकिलो अन्तर बनाएकी छिन् । हालसम्म कुम १२ हजार ६६५ मत गणना गर्दा डिनाले ६ हजार ५८ मत पाएकी छिन् भने थापाले ४ हजार १७४ मत पाएका छन् ।

यता राप्रपाका दीपक बहादुर सिंहले पनि हजार मत कटाएका छन् । उनले हालसम्म १ हजार १६९ मत प्राप्त गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *