यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६५ पैसा र बिक्रीदर १३१ रुपैयाँ २५ पैसा कायम भएको छ । सोमबारको तुलनामा आज अमेरिकी डलर ७५ पैसाले घटेको हो ।

आज युरोपियन युरोको खरिददर १३३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३७ पैसा कायम भएको छ । सोमबार युरोपियन युरोको खरिददर १३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३५ रुपैयाँ २५ पैसा थियो । अष्ट्रेलियन डलर खरिदमा पनि ५४ पैसाले घटेर ८७ रुपैयाँ र बिक्रीदर ८७ रुपैयाँ ४० पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७३ पैसा छ भने सिंगापुरे डलरको खरिददर ९४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले उछिने

नवलपरासी पश्चिम प्रतिनिधि सभा सदस्य क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले पछि पारेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र पार्टीका ठकुरीले ३ हजार ९५८ मत ल्याउँदा कांग्रेसका चौधरीले ३ हजार ८६९ मत पाएका छन् । त्यसैगरी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २ हजार ९१२ मत पाएका छन् ।

ललितपुर-३ : तोसिमा पहिलो रहँदा पम्फा भुसाल तेस्रो स्थानमा

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता कायमै राख्नुभएको छ । पछिल्लो मतपरिणाम अनुसार ४ हजार ९ सय १० मतका साथ कार्की सबैभन्दा अघि हुनुभएको हो ।

उहाँको पछि नेकपा एमालेका उम्मेदवार अमृत खड्का हुनुहुन्छ। खड्काले ३ हजार ८ सय ४५ मत ल्याउनुभयो ।

यस्तै गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले २ हजार २ सय २८ मत ल्याउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *