भोट गन्न बाँकी छँदै गगन थापाकाे शानदार जित, प्रधानमन्त्री बन्न खुल्यो बाटो !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रतिनिधिसभा सदस्य पदमा विजयी हुने निश्चित भएको छ । उहाँ काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट निर्वाचित हुने पक्का भएको हो ।

अब गन्न बाँकी मत ४ हजार ८७१ छ । तर अहिले नै गगनको मतान्तर ५ हजारभन्दा बढी भएकाले उहाँको जित निश्चित भएको हो । काठमाडौं क्षेत्र नम्बर–४ मा ४५ हजार ७२० मत खसेको थियो । हालसम्म ४० हजार ८३९ मत गणना गरिएको छ ।

पछिल्लो परिणामानुसार थापा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार राजन भट्टराईभन्दा पाँच हजार ९५२ मतान्तरले अगाडि हुनुहुन्छ। अब काठमाडौं–३० को चार हजार ८८१ मत मात्र गन्न बाँकी छ ।

हालसम्म थापाले १८ हजार ९७५ मत पाउनुभएको छ भने भट्टराईले भने १३ हजार २३ मत ल्याउनुभएको छ ।

त्यसैगरी राप्रपाका उम्मेदवार डा. ठाकुर मोहन श्रेष्ठले तीन हजार ८९ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रको मत गणना सुरु भएदेखि नै थापाको अग्रता कायम रहेको छ ।

काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायमै राखेका छन्। अहिलेसम्म २२ हजार ६५ मत गणना भएको छ। प्रदीप ७३५० मतसहित अघि छन्। यहाँ नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेल ५११३ मतसहित पौडेललाई पछ्याइरहेका छन्। मतगणना जारी छ।

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही अगाडि

जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही अगाडि छन्। यहाँ मतगणना भइरहेको छ। १०० मत गणना गर्दा राप्रपाका शाहीले ६९ मत ल्याएका छन्।

यहाँ नेकपा माओवादी केन्द्रका उम्मेदवार गोमा गौतम कुँवरले जम्मा २० मत ल्याएकी छन्। नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले जम्मा ७ मत ल्याएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *