डाेटीमा प्रेम आलेले बढाए रफ्तार

काठमाडाैं । डोटीमा ११ हजार ४८ मत गन्दा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका प्रेम आलेले ६ हजार २ सय ३१ मत ल्याएर अग्रता कायम गरेका छन्।

यस्तै, एमालेकी गौरी ओलीले ३ हजार ४ सय ९ सय मत ल्याएकी छन्।  यस्तै, स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ४८८ मत पाएका छन्।

रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाँण पछि परेका छन् । मंगलबार विहानसम्मको मतगणनामा राप्रपाका दीपक बोहराले चार हजार १७० मतसहित अग्रता लिएका छन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाँणले तीन हजार ९१९ मत पाएका छन् । गृहमन्त्री खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित सत्ता गठबन्धनमा रहेका दलको समर्थन छ ।

गोरखा–१ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । मंगलबार विहान १००४ मत गणना हुँदा कांग्रेसका राजेन्द्र बजगाईंले ७६६ र नेकपा एमालेका रामशरण बस्नेतले ११९ मत पाएका छन् ।

उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन ढिलाइ भएका कारण मंगलबार मात्र मतगणना सुरु भएको थियो । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका हरि अधिकारी निर्वाचित भएका थिए ।

बाँके क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद ढकालले अग्रता कायम राखेका छन् । उनलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले पछ्याइरहेका छन् ।

निर्वाचन आयोगको मत विवरण अनुसार एमाले उम्मेदवार ढकालले ५ हजार ५६९ र मन्त्री गहतराजले ४५६७ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नागरिक उन्मुक्ति पार्टीका सुरेश कुमार चौधरीले २ हजार ३१९ मत पाएका छन् ।

यसैगरी जनता समाजवादी पार्टी जसपाका उम्मेदवार रामकुमार यादवले १ हजार ९०६, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबाबु काफ्लेले ६२० र लोसपाका रामचरण चौधरीले २०६ मत पाएका छन् ।

यसैगरी बाँके क्षेत्र नम्बर २ मा राप्रपाका धवल शम्शेर जबरा र क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका किशोर सिंह राठोर अगाडि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *