कैलाली-३ बाट उन्मुक्ति पार्टीका चौधरी निर्वाचित

काठमाडाैं । कैलाली-३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

मंगलबार मध्याह्न सम्पन्न मतगणनामा चौधरीले २३ हजार १२० मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाएका छन्।

त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार गौरीशंकर चौधरीले नौ हजार ८७४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमले सात हजार ४५ मत पाएका छन्।

केही महीनाअघि मात्रै नागरिक उन्मुक्ति पार्टी गठन गरिएको थियो। टीकापुर घटनामा जेलमा रहेका रेशम चौधरीको अगुवाइमा पार्टी गठन गरिएको हो।

अहिले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी छिन्। उनी रेशमकी श्रीमती हुन्। कैलाली–१ बाट उम्मेदवार श्रेष्ठले पनि अग्रता लिइरहेकी छन्।

सप्तरी–२(२) मा जनमत पार्टीका यादव विजयी

सप्तरी निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२)मा जनमत पार्टीका महेशकुमार यादव विजयी हुनुभएको छ ।

उहाँले १३ हजार तीन सय २५ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादवले सात हजार २३ मत पाउनुभएको छ ।

मतान्तर बढाउँदै सिके राउत प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले मतान्तर फराकिलो बनाउँदै लग्नुभएको छ ।

पछिल्लो मतगणनाअनुसार उहाँले १३ हजार सात सय ५९ मत प्राप्त गर्नुभएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले छ हजार नौ सय ५१ मत प्राप्त गर्नुभएको छ ।

सत्ता गठबन्धनका तर्फबाट लोसपाका जयप्रकाश ठाकुरले दुई हजार आठ सय ५७ मत पाउनुभएको छ । हालसम्म २५ हजार चार सय ३९ मतगणना भएकामा एक हजार तीन सय ३७ मत बदर भएको र २४ हजार एक सय दुई मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सप्तरी–२ मा ६७ दशमलव ९७ प्रतिशत अर्थात् ६४ हजार पाँच सय ६० मत खसेको छ । अब ३९ हजार एक सय २१ मत गन्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *