एमालेकाे अर्काे जीत, रामेश्वर श्रेष्ठले फहराए विजयकाे झण्डा

काठमाडाैं । ललितपुर-२ को प्रदेश सभा क्षेत्र (क) मा नेकपा एमाले उम्मेदवार रामेश्वर श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ ८ हजार २९८ मतसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका धनराम केसीले ६ हजार ८५१ मत प्राप्त गरेका छन्। यसैगरी नेपाली कांग्रेसकी रिसा श्रेष्ठले ५ हजार ९७३ मत र हाम्रो नेपाली पार्टीका गंगाराम रिजालले ३ हजार १६९ मत प्राप्त गरेका छन्।

प्रतिनिधि सभामा भने ललितपुर-२ मा एमालेकै प्रेमबहादुर महर्जन निर्वाचित भएका छन्।

समानुपातिकमा एमालेले कटायो एक लाख मत 

प्रतिनिधि सभामा समानुपातिकतर्फ जारी मतगणना नेकपा एमालेले १ लाख मत कटाएको छ। अहिलेसम्म गणनाभएको ३ लाख ५० हजार सदर मतमध्ये पहिलो स्थानमा रहेको एमालेले १०१६६५ (२९ प्रतिशत) मत पाएको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८७२२५ (२५ प्रतिशत) मत पाएको छ। तेस्रो स्थानमा घन्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ४६३५२ मत पाएको छ। यो अहिलेसम्म गणना भएको सदर मतको १३.२२ प्रतिशत मत हो।

चौथो स्थानमा रहेको माओवादी केन्द्रले ३८२८८ (११ प्रतिशत) मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले २५९९८ (७ प्रतिशत) मत पाएको छ।

अरू दलहरूले १० हजार मत कटाउन सकेका छैनन्। जसपाले ८१३४, जनमत पार्टीले ७४६२ मत पाएका छन्।

नागरिक उन्मुक्ति पार्टीले ७४६२, नेपाल मजदुर किसान पार्टीले ५४३४, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ५०८३ ले मत पाएका छन्। अन्य दलहरूले पाएको मत १९४३० छ।

गुल्मी-१ मा राति १० बजेदेखि मतगणना हुने

गुल्मी–१ मा मंगलबार राति १० बजेदेखि मतगणना हुने भएको छ । मंगलबार अर्बेनीस्थित मतदान केन्द्रमा पुनः मतदान भएपछि मतपेटिका सदरमुकाम ल्याइएको छ ।

मंगलबार साँझ नै सर्वदलीय बैठक चलिरहेकाले राति १० बजेदेखि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए ।

मतगणना जिल्ला सदरमुकाम तम्घासको सडक पूर्वाधार कार्यालयमा गरिने भएको हो । यस निर्वाचन क्षेत्रको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा आज मात्रै पुनः मतदान गरेकाले मतगणना गर्न ढिलाइ भएको हो ।

अहिले त्यस मतदान केन्द्रमा मतदान सकेर मतपेटिका जिल्ला सदरमुकाम तम्घास ल्याइदैछ । यस क्षेत्रमा १ लाख १९ हजार २८८ जना मतदाता रहेकोमा ६९ हजार ६८३ जनाले मतदान गरेका थिए ।

यस निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाका लागि एमालेबाट प्रदीप ज्ञवाली र गठबन्धनबाट कांग्रेसका डाक्टर चन्द्र भण्डारी बिच प्रतिस्पर्धा रहेको छ । क्षेत्र नम्बर २ को भने मतगणना चलिरहेको छ । यसक्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *