रवि लामिछानेले ह्वात्तै बढाए मतान्तर ताजा अपडेट

काठमाडाैं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले १२ सय ५१ मतको अग्रता लिएका छन्। उनले ५५ सय ४२ मत प्राप्त गर्दा एमालेका कृष्णभक्त पोखरेलले ४१ सय ९१ मत ल्याएका छन्। यस्तै, कांग्रेसका उमेश श्रेष्ठले ३७ सय २२ मत प्राप्त गरेका छन्।

कहाँ कहाँ बज्याे घण्टी 

देशभरका १३१ स्थानमा उम्मेदवारी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाका ९ क्षेत्रमा अग्रता कायम राखेको छ। हाल मतगणना चलिरहेका १२२ निर्वाचन क्षेत्रमध्ये स्वतन्त्रका उम्मेदवारले ९ क्षेत्रमा अग्रता कायम राखेका हुन्।

पार्टी सभापति पछि परे पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा उम्मेदवार बनेकी तोसिमा कार्कीले ४ हजार ९१० मतसहित अग्रता कायम राखेकी छन्। उनका प्रतिस्पर्धी एमालेका अमृत खड्काले ३ हजार ८४५ मत प्राप्त गरेका छन्।

काठमाडौँ २ मा रास्वपाकी सोविता गौतमले अग्रता कायम राखेकी छन्। उनले ५ हजार ३३६ मत प्राप्त गर्दा एमालेका मणिराम फुँयालले ३ हजार ८०१ मत प्राप्त गरेका छन्। यहाँ माओवादीकी ओनसरी घर्ती ३ हजार ७९१ मतसहित तेस्रो स्थानमा छिन्।

रास्वपाबाट काठमाडौं ६ मा उम्मेदवार बनेका शिशिर खनालले ३ हजार २६६ मत प्राप्त गर्दा एमालेका सर्वेन्द्र खनालले २ हजार ३४ मत मात्रै प्राप्त गरेका छन्।काठमाडौं ७ मा रास्वपाका गणेश पराजुलीले ३ हजार ४४५ मत प्राप्त गर्दा एमालेका श्यामकुमार घिमिरेले ३ हजार ३४५ मत प्राप्त गरेका छन्।

काठमाडौं ८ मा विराज भक्त श्रेष्ठले ६ हजार १०९ मतसहित अग्रता कायम राख्दा हाम्रो नेपाली पार्टीका सुमन सायमीले ४ हजार ६१३ मत मात्रै प्राप्त गरेका छन्। काठमाडौं ८ मा दुबै गठबन्धनका उम्मेदवार श्रेष्ठ र सायमी भन्दा निकै पछि छन्।

सुनसरी ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली अघि छन्। उनले ८२९ मत प्राप्त गर्दा एमालेका भगवती चौधरीले ७३४ मत प्राप्त गरेका छन्। सुरुवाती गणनामा सुनसरीका १ र २ मा अग्रता बनाएका सो पार्टीका उम्मेदवार अहिले पछि परेका छन्।

त्यसैगरी चितवन १ मा रास्वपाका हरि ढकालले ५ हजार ११९ मत प्राप्त गर्दा कांग्रेसका विश्वनाथ पौडेलले ३ हजार ८७६ र एमालेका सुरेन्द्रप्रसाद पाण्डेले ३ हजार ७८९ मत प्राप्त गरेका छन्।

त्यसैगरी रुपन्देही २ मा रास्वपाका गणेश पौडेलले १ हजार ९६ मत प्राप्त गर्दा एमालेका विष्णु पौडेलले ९६४ मत प्राप्त गरेका छन्। कास्की २ मा पनि रास्वपाका माधवप्रसाद कँडेलले २ हजार ४३९ मत प्राप्त गर्दा एमालेकी विद्या भट्टराईले २ हजार २५७ मत प्राप्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *