समानुपातिकमा एमालेको अग्रता, कसको कति मत ? घण्टीले कति पायाे ?

काठमाडाैं । प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ नेकपा (एमाले)ले एक लाख मत कटाएको छ। अहिलेसम्म गणना भएको परिणाम अनुसार, एमाले एक लाख १३ हजार ९२ मत सहित अग्रस्थानमा छ।

त्यस्तै, नेपाली कांग्रेसले ९६ हजार ७८१ मत ल्याएर दोस्रो स्थानमा छ भने राष्ट्रिय स्वतन्त्र पार्टी ४८ हजार ७६९ मत सहित तेस्रो स्थानमा छ।

प्रतिनिधि सभामा ११० सांसद समानुपातिकबाट निर्वाचित हुन्छन्। कुल सदर मतको तीन प्रतिशत प्राप्त गरेका दलले समानुपातिक सीट प्राप्त गर्छन्।

चौथो स्थानमा रहेको माओवादी केन्द्रले ३८२८८ (११ प्रतिशत) मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले २५९९८ (७ प्रतिशत) मत पाएको छ। अरू दलहरूले १० हजार मत कटाउन सकेका छैनन्। जसपाले ८१३४, जनमत पार्टीले ७४६२ मत पाएका छन्।

नागरिक उन्मुक्ति पार्टीले ७४६२, नेपाल मजदुर किसान पार्टीले ५४३४, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ५०८३ ले मत पाएका छन्। अन्य दलहरूले पाएको मत १९४३० छ।

शेखर कोइराला लालबाबु पण्डितभन्दा ६४३ मतले अगाडि

मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेसका डा. शेखर कोइरालाले अग्रता कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार कोइरालाले ५,०८२ मत प्राप्त गरेका छन् ।

आफ्नो अग्रता घट्न नदिएका कोइराला एमालेको गढ मानिएको सुन्दरहरैँचा नगरपालिका क्षेत्रमा समेत अगाडि रहे । नेकपा एमालेका लालबाबु पण्डितले ४,४३९ मतसहित कोइरालालाई पछ्याइरहेका छन् ।

पण्डित र कोइरालाबीचको मतान्तर ६४३ रहेको छ । यो क्षेत्रअन्तर्गत बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकाका वडाहरुको मतगणना गर्न बाँकी छ ।

प्रदेशसभातर्फ एमालेकी रीता न्यौपानेले ५,१९५, नेकपा माओवादी केन्द्रका जीवन आचार्यले ३,८७६ मतसहित न्यौपानेलाई पछ्याइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *