काठमाडौंमा फहरायाे एमालेले विजयकाे सूर्य अङ्कित झण्डा !

काठमाडाैं । काठमाडौं-९ बाट नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई ९९५ मतले पराजित गरेका हुन्। श्रेष्ठले ११ हजार ९५६ मत पाए भने पोखरेलले १० हजार ९६१ मत पाए।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)की उम्मेदवार कल्पना धमलाले ६ हजार ४०२, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार देवेन्द्र प्रधानले चार हजार ७८५ र साझा पार्टी नेपालका उम्मेदवार मिलन पाण्डेले दुई हजार ३२७ मत पाएका छन्।

डडेल्धुरामा  सागरको मत कति?

डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल अहिलेसम्म दोस्रो स्थानमा छन्।

नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले २०४८ सालदेखि चुनाव जित्दै आएको यो क्षेत्रमा ढकालले जारी मतगणनामा अहिलेसम्म देउवाले पाएको मतभन्दा आधा मत पाइरहेका छन्। पछिल्लो समय देउवाले ११५५४ मतसहित अग्रता कायमै राखेका छन्। ढकालले ६१०५ मत पाएका छन्।

प्रधानमन्त्री देउवालाई हराउने भन्दै गुल्मीका ३१ वर्षीय ढकालले केही महिनाअघि डडेल्धुरामा गएर चुनावी अभियान थालेका थिए। मतगणनाको सुरूदेखि नै उनले यहाँ उल्लेख्य मत ल्याइरहेका छन्।

जुन मत पाएँ, त्यसलाई टुट्न दिनेछैन: रवीन्द्र मिश्र 

काठमाडौं-१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले थोरै मतान्तरले पराजित हुनुपर्दा अलिकति दुःखी भएको बताएका छन्।

मंगलबार प्रेस विज्ञप्ति जारी गरी काठमाडौं-१ बाट निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई बधाई दिएका छन्। उनले भनेका छन्,

“निर्वाचनमा विजयी हुनुभएका प्रकाशमान सिंहलाई बधाई तथा शुभकामना अर्पण गर्दै आगामी कार्यकालमा तपाईंलाई यो समाज र देशलाई शिरमा राखेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रेरणा र शक्ति मिलोस् भन्ने कामना गर्दछु।”

उनले पराजित भए पनि झन् दृढ भएर लाग्ने वाचा गरेका छन्। “१२५ मतको झिनो अन्तरबाट पराजित हुनुपरेकोमा अलिकति दुःखी छु, तर म समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको

जानकारी गराउन चाहन्छु,” मिश्रले भनेका छन्, “गत पाँच वर्षको मेरो उतार-चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीका बीच पनि जुन मत पाएँ, त्यसलाई म टुट्न दिनेछैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *