अर्जेन्टिनामाथि साउदी अरबको ऐतिहासिक जित

काठमाडाैं । विश्वकपको दाबेदार अर्जेन्टिनालाई हराउँदै साउदी अरबले ऐतिहासिक जित हासिल गरेको छ।

समूह ‘सी’ को पहिलो खेलमा साउदी अरबले अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गरेको हो। यसअघि भएका चार खेलमा साउदी अबर पराजित भएको थियो।

त्यस्तै, विश्वकपमा अर्जेन्टिनालाई हराउने साउदी अरब पहिलो एशियाली टोली हो। यसअघि कुनै पनि एशियाली टोलीले अर्जेन्टिनालाई विश्वकपमा हराउन सकेका थिएनन्।

यससँगै, सन् १९९० पछि युरोप बाहिरका कुनै पनि टोलीले अर्जेन्टिनालाई हराउन सकेका थिएनन्। यसअघि क्यामरुनले सन् १९९० मा अर्जेन्टिनालाई विश्वकपमा हराएको थियो।

आजको खेलको पहिलो हाफमा लियोनल मेसीको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो। खेलको १० मिनेटमै मेसीले अर्जेन्टिनाका लागि गोल गरेका थिए।

त्यसपछि खेलको ४८औं मिनेटमा गोल गरेर साउद अरबका सालेह अल्सेहरीले बराबरीमा ल्याए। त्यसको पाँच मिनेटपछि साउद अरबका सलेम अल्दवासरीले गोल थपेर अग्रता दिलाए।

दोस्रो हाफमा अर्जेन्टिनाले खेलमा दबदबा बनाए पनि गोल गर्न सकेन। अर्जेन्टिनाले साउदी अरबको पोस्टमा १५ सट प्रहार गरेको थियो।

यो जितसँगै साउदी अरबले तीन अंक बटुलेको छ। यो समूहमा साउदी अरब र अर्जेन्टिनासँगै मेक्सिको र पोल्यान्ड छन्।साउदी अरबले सन् १९९२ मा पहिलो पटक विश्वकप खेलेको थियो। यो साउदी अरबको छैटौं विश्वकप हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *