मोरङ-३ मा रेखा थापाकाे अवस्था के छ ? ताजा अपडेट

काठमाडाैं । मोरङ क्षेत्र नम्बर ३ मा राप्रपाकी रेखा थापाको उम्मेदवारीलाई धेरै चासोका साथ हेरिए पनि मतपरिणामा उनी निकै पछि परेकी छिन्। उनी यो क्षेत्रमा अगाडि रहेका नेपाली कांग्रेसका सुनिल शर्माभन्दा ३५ सय बढी मतले पछि छिन्।

ताजा मतपरिणाम अनुसार सुनिल शर्माको ५ हजार ८६ मत रहँदा रेखा थापाले एक हजार ४५४ मत ल्याएकी छन्। दोस्रो स्थानमा रहेका नेकपा (एमाले) का भानुभक्त ढकालले २ हजार ५४८ मत प्राप्त गरेका छन्।

अघिल्लो निर्वाचनमा यो क्षेत्रमा एमालेका ढकाल विजयी भएका थिए। त्योबेला उनले अहिले अग्रता लिएका कांग्रेसका शर्मालाई नै पराजित गरेका थिए।

गुल्मी-१ मा राति १० बजेदेखि मतगणना हुने

गुल्मीको अर्बेनीमा स्थगित भएको मतदान मंगलबार सम्पन्न भएको छ । गुल्मीको निर्वाचन क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा स्थगित भएको मतदान मंगलबार पुनः गरिएको हो ।

मतदान सकिएपछि मतपेटिकाहरू सदरमुकाम तम्घास ल्याइएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।

सर्वदलीय बैठकपछि मंगलबार राति १० बजेदेखि नै मतगणना शुरु गरिने पौडेलले बताए । यस क्षेत्रमा ६९६८३ जनाले मतदान गरेका छन् ।

प्रतिनिधि सभातर्फ गुल्मी १ मा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवाली प्रतिस्पर्धामा छन् ।

बझाङमा निर्वाचन सम्पन्न भएको ३ दिनपछि सुरु भयो मतगणना

बझाङमा निर्वाचन सम्पन्न भएको तीन दिनपछि मतगणना सुरू भएको छ । बझाङको सबैभन्दा विकट मानिएको साइपाल गाउँपालिकाका मतपेटिका सदरमुकाम ल्याउन ढिलाइ भएपछि मतगणना सुरू हुन सकेको थिएन ।

मुख्य निर्वाचन अधिकृत नन्दकिशोर प्रसाद यादवले मतगणना सुरू भएको बताए । सबै क्षेत्रको मतपेटिका सदरमुकाम ल्याईसकिएपछि साईपाल गाउँपालिका र विथ्थडचिर गाउँपालिकाबाट मतगणना थालिएको हो ।

सर्वदलीय बैठक बसेर दिउँसो ३ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरेको थियो । तर, कर्मचारी लगायत अन्य व्यवस्थापन गर्दा ढिलागरी मतगणना सुरू भएको हो । दुर्गम क्षेत्रका मत्र पेटिका हेलिकप्टर मार्फत सदरमुकाम ल्याइएको थियो ।

प्रतिनिधिसभा सदस्य तर्फ १ निर्वाचन क्षेत्र रहेको बझाङमा ४ वटा मत गणना स्थलमार्फत मत गणना थालिएको छ । त्यस्तै २ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको प्रदेशसभा तर्फ पनि २÷२ वटा मतगणनास्थल बनाएर मतगणना गरिन थालेको छ ।

बझाङमा प्रतिनिधिसभा सदस्य निर्वाचत तर्फ ६३ हजार ४८९ मत खसेको थियो । प्रदेशसभा तर्फ प्रदेश ‘१’ का लागि ३२ हजार ८ सय ३३ मत खसेको थियो । भने ‘२’ मा ३० हजार ६५६ मत खसेको थियो ।

प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका छन् । भने उनका प्रतिस्पर्धी नेकपा एमालेका ऐन महर छन् । त्यस्तै राप्रपाबाट विश्वप्रकाश जेठारा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रेम राज जोशी उम्मेदवार बनेका छन् ।

प्रदेशसभा तर्फ १ मा गबन्धनका तर्फबाट कांग्रेसका पृथ्वी बहादुर सिंह र एमालेका अफिलाल ओखेडा उम्मेदवार बनेका छन् भने क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भिम भण्डारी, एमालेका लालबहादुर रावल लगायतका उम्मेदवार छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *