कांग्रेसको पनि समानुपातिक मत एक लाख पार, घण्टीमा कति ? (ताजा अपडेट)

काठमाडाैं । निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार, नेपाली कांग्रेसले प्रतिनिधि सभा तर्फको समानुपातिकमा एक लाख मत पाएको छ।

नेकपा (एमाले) ले यसअघि नै एक लाखको सीमा पार गरिसकेको छ। एमालेको समानुपातिक मत एक लाख १७ हजार पुगेको छ। समानुपातिक तर्फ तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी आइपुगेको छ। स्वतन्त्र पार्टीले ५० हजार ७९० मत पाएको छ।

चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले ४४ हजार ३३६ मत पाएको छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले २८ हजार २७७ मत पाएको छ।

नेकपा (एकीकृत समाजवादी) को समानुपातिकतर्फको मत न्यून देखिएको छ। एकीकृत समाजवादीले अहिलेसम्म समानुपातिकतर्फ पाँच हजार ६९३ मत मात्रै पाएको छ।

अहिलेसम्म गणना भएका करीब चाल लाख मतमध्ये प्रतिशतको आधारमा सबैभन्दा धेरै एमालेले २९.२ प्रतिशत मत पाएको छ। कांग्रेसले २५ प्रतिशत मत पाएको छ।

त्यसैगरी, स्वतन्त्र पार्टीले १२.६ र माओवादीले ११ प्रतिशत मत पाएको देखिएको छ। एकीकृत समाजवादीको मत भने १.४ प्रतिशत मात्रै छ।

रूपन्देही-२ मा घन्टीलाई पछि पार्दै विष्णु पौडेल लिए पहिलो पटक अग्रता

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रूपन्देही-२मा पहिलो अग्रता लिएका छन्। मतगणनाको सुरूवातदेखि पछाडि परेका पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पछि पारेका छन्।

एमालेका विष्णु पौडेलले ५ हजार ३ सय ११ मत ल्याएका छन् भने रास्वपाका गणेश पौडेलले ५ हजार १ सय ३६ मत ल्याएका छन्। जनमुक्ति पार्टीका केशवबहादुर थापा मागरले ४ हजार ११ मत ल्याएका छन्।

काठमाडौं १० मा कांग्रेसका राजेन्द्रकुमार केसीको अग्रता कायमै, पछिपछि एमालेका हिमेश

काठमाडौं क्षेत्र नं १० मा ७६२७ मतका साथ नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीको अग्रता कायमै छ । उनलाई एमाले उम्मेदवार हिमेश केसीले ४८५८ मतका साथ पछ्याएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ४६६० मत र माओवादी उम्मेदवार अञ्जना विशंखेले २४८१ मत प्राप्त गरेकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *