रुपन्देही ३ मा विष्णु पौडेलको पहिलो अग्रता, कति छ मतान्तर ?

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ एमाले उम्मेदवार विष्णु पौडेलले पहिलोपटक अग्रता बनाएका छन्। जारी मतगणनामा उनले पहिलोपटक अग्रता बनाउँदै ५ हजार ३११ मत ल्याएका छन्।

 

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ५ हजार १३६ मत ल्याए। यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापाले ४ हजार ६० मत ल्याए। उनलाई सत्ता गठबन्धनको साथसमेत छ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा एमाले अगाडि रहेको छ । मालारानी गाउँपालिका र भूमिकास्थान नगरपालिकाको मतगणना सकिँदा एमाले सचिव टोपबहादुर रायमाझी २ हजार १४८ मतसहित अग्रता लिइरहेका छन् ।

६ स्थानीय तह रहेको अर्घाखाँचीमा अब ४ स्थानीय तहको मतगणना बाँकी छ । दुई पालिकाको २८ हजार ७६७ मतगणना हुँदा रायमाझीको १४ हजार ४३३ मत छ । उनलाई कांग्रेस नेतृ पुस्पा भुसालले १२ हजार २८५ मतसहित पच्छ्याइरहेकी छन् ।

इलामको निर्वाचन क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल एमालेका उम्मेवार भन्दा पछि परेका छन् ।

हालसम्मको मतपरिणाम अनुसार खनाल एमालेका उम्मेदवार महेश बस्नेतभन्दा १ हजार २१५ मतले पछि छन् । पछिल्लो मत परिणाम अनुसार बस्नेतले ८ हजार ५६ मत प्राप्त गर्दा खनालले ६ हजार ८४९ मत प्राप्त गरेका छन् ।

यो क्षेत्रमा मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचेले ८७६ मतका साथ तेस्रो स्थानबाट अगाडिका उम्मेदवार पछ्याइरहेका छन् ।

झापा-१ मा विश्वप्रकाश शर्मालाई ७ हजार मतान्तरको अग्रता

झापा-१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ७ हजार मतान्तरसहित अग्रता लिएका छन् । मंगलबार साँझसम्म गनेको ३६ हजार ६६४ मतमध्ये शर्माले १८ हजार ३७४ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले ११ हजार ३३१ मत पाएका छन् । शर्माले खरेलले भन्दा ७ हजार ४३ मत पाएका हुन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ३ हजार ६५३ मत पाएका छन् ।

यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्कीले जित हासिल गर्दा कांग्रेसका शर्मा पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *