माइतीले नै दिएनन् रामकुमारी झाँक्रीलाई भाेट, विस्टले बढाए मतान्तर !

तमघास । गुल्मी क्षेत्र नं. २ मा नेकपा एमालेका गोकर्ण बिष्टले सुरूवात देखिकाे अग्रता कायमै राखेका छन् ।प्रतिनिधिसभा सदस्यको जारी मतगणनामा नेकपा एमालेका बिष्टले १५ हजार ६०३ मत पाएका छन् ।

नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्रीले १३ हजार ९१ मतसहित उनलाई पछ्याइरहेकी छन् । पछिल्लो मतगणना अनुसार झाँक्री भन्दा बिष्ट २ हजार ५ सय १२ मतले अगाडि छन् । याे मत इस्मा, मदाने र मुसिकाेट १ देखि ७ सम्मकाे हाे ।

गुल्मी–१ मा मंगलबार राति १० बजेदेखि मतगणना हुने

गुल्मी–१ मा मंगलबार राति १० बजेदेखि मतगणना हुने भएको छ । मंगलबार अर्बेनीस्थित मतदान केन्द्रमा पुनः मतदान भएपछि मतपेटिका सदरमुकाम ल्याइएको छ ।

मंगलबार साँझ नै सर्वदलीय बैठक चलिरहेकाले राति १० बजेदेखि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए ।

मतगणना जिल्ला सदरमुकाम तम्घासको सडक पूर्वाधार कार्यालयमा गरिने भएको हो । यस निर्वाचन क्षेत्रको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा आज मात्रै पुनः मतदान गरेकाले मतगणना गर्न ढिलाइ भएको हो ।

अहिले त्यस मतदान केन्द्रमा मतदान सकेर मतपेटिका जिल्ला सदरमुकाम तम्घास ल्याइदैछ । यस क्षेत्रमा १ लाख १९ हजार २८८ जना मतदाता रहेकोमा ६९ हजार ६८३ जनाले मतदान गरेका थिए ।

यस निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाका लागि एमालेबाट प्रदीप ज्ञवाली र गठबन्धनबाट कांग्रेसका डाक्टर चन्द्र भण्डारी बिच प्रतिस्पर्धा रहेको छ । क्षेत्र नम्बर २ को भने मतगणना चलिरहेको छ । यसक्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

एमाले र कांग्रेसले समानुपातिकमा १ लाख मत कटाउँदा माओवादी चौथो स्थानमा

आइतबार सम्पन्न निर्वाचनको प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी रहेको छ । मंगलबार साँझ पौने ७ बजेको मतपरिणामअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले १ लाख मत कटाएका छन् । माओवादी केन्द्र भने चौथो स्थानमा रहेको छ ।

यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहँदा राप्रपा पाँचौ र जनता समाजवादी पार्टी छैटौँ स्थानमा रहेको छ । निर्वाचन आयोगका अनुसार एमालेलाई १ लाख २४ हजार ३५४ र कांग्रेसलाई १ लाख ५ हजार ६६६ मत प्राप्त भएको छ ।

यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई ५४ हजार ३१४ मत प्राप्त हुँदा माओवादी केन्द्रलाई ४७ हजार ६४१ मत प्राप्त भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *