रवि लामिछानेकाे सानदार जम्प यस्ताे छ ताजा स्थिति

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायम राखेका छन् ।पछिल्लो मतपरिणामअनुसार उनले ६ हजार ७६ मत पाएका छन् ।

नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले ४ हजार ४९२ मत पाएका छन् । लामिछाने र पोखरेलको मतान्तर १ हजार ५८४ रहेको छ । यस्तै, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ९५६ मत प्राप्त गरेका छन् ।

एमाले र कांग्रेसले समानुपातिकमा १ लाख बढी मत …

आइतबार सम्पन्न निर्वाचनको प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी रहेको छ । मंगलबार साँझ पौने ७ बजेको मतपरिणामअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले १ लाख मत कटाएका छन् । माओवादी केन्द्र भने चौथो स्थानमा रहेको छ ।

यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहँदा राप्रपा पाँचौ र जनता समाजवादी पार्टी छैटौँ स्थानमा रहेको छ । निर्वाचन आयोगका अनुसार एमालेलाई १ लाख २४ हजार ३५४ र कांग्रेसलाई १ लाख ५ हजार ६६६ मत प्राप्त भएको छ ।

यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई ५४ हजार ३१४ मत प्राप्त हुँदा माओवादी केन्द्रलाई ४७ हजार ६४१ मत प्राप्त भएको छ ।

यस्तै राप्रपाले २९ हजार ४८६, जसपाले ९ हजार ३७७, जनमत पार्टीले ८ हजार ७३७ र नेमकिपाले ७ हजार ८२ मत प्राप्त गर्दा नागरिक उन्मुक्ती पार्टीलाई ६ हजार ४२२ मत प्राप्त भएको छ ।

यस्तै नेकपा एकीकृत समाजवादीले ५ हजार ९०२ मत प्राप्त गर्दा अन्य पार्टीले २४ हजार २७३ मत प्राप्त गरेका छन् ।

तीन हजार मतान्तरसहित अघि लागे माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तीन हजार मतान्तरको अग्रता बनाएका छन् । आठ हजार ५४ मत ल्याएर उनले अग्रता कायम राखेका छन् ।

उनलाई नेकपा (एमाले)का अजय गुप्ताले पाँच हजार ३९ मत ल्याएर पछ्याइरहेका छन् । नेपाल तीन हजार १५ मतले गुप्ताभन्दा अगाडि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *