नेपाली युवतीका लागि भारतीय सेनामा भर्ति खुल्यो

काठमाडौं । अब नेपाली युवतीका लागि भारतीय सेनामा भर्ति खुलेको छ । नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सूचना जारी गर्दै महिला सैनिक प्रहरीका लागि छनोटको आव्हान गरेको हो ।

भारतको अम्बाल, लखनउ, जवलपुर, बेलगाव, पुने र सिलांगमा भर्ति छनोट हुने भारतीय दूतावासले जारी गरेको सूचनामा जनाइएको छ । दूतावासको सूचनामा भर्तिमा जान चाहनेहरुले अनलाइनबाट आवेदन दिनसक्ने उल्लेख छ । जसका लागि २० जुलाईसम्म आवेदन भर्न सकिनेछ ।

१७ वर्ष ६ महिनादेखि २१ वर्ष उमेर ननाघेका, न्युनतम १० कक्षा पास गरेका र १५२ सेन्टिमिटर उचाइ भएका इच्छुक नेपाली युवतीले आवेदन दिनसक्ने छन् ।

वीर नारीको हकमा ३० वर्षसम्मको उमेरलाई छुट दिइएको छ भने गोर्खा उम्मेदवारलाई ४ सेन्टिमिटरसम्म छुट दिइएको छ । जारी सूचनामा फिजिकल परीक्षाको मापदण्ड पनि तोकिएको छ । जसअनुसार इच्छुक उम्मेदवारले १.६ किलोमिटरको दूरी ८ मीनेटभित्र दौडिनुपर्ने, १० फिट लङ्गजम्प गर्नुपर्ने र ३ फिट हाइजम्प गर्नुपर्नेछ ।

भूपु सैनिकका छोराछोरीलाई लिखितमा २० अंक बोनस

सैनिक, भूपू सैनिक, वीर नारी र विधवा सैनिकका छोरीका लागि तौलमा २ किलो छुट र लिखित परीक्षामा २० अंकको बोनस जोडिने समेत सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.