पाल्पा–२: एमालेका गैरेको अग्रता फराकिलो बन्दै

काठमाडौं। पाल्पाको क्षेत्र नम्बर २ को जारी मतगणनामा प्रतिनिधिसभातर्फ नेकपा एमालेका ठाकुरप्रसाद गैरेको अग्रता फराकिलो बन्दै गएको छ । पछिल्लो मत परिणामअनुसार गैरेले ६ हजार ७ सय ६५ मतसहित अग्रता फराकिलो बनाएका छन् ।

यहाँ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयले ५ हजार १ सय १७ मतसहित एमालेका गैरेलाई पछ्याइरहेका छन् ।

यसैगरी, सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सोम प्रसाद गैरेले १ हजार १ सय २७ मत प्राप्त गर्दा मंगोल नेशनल अर्गनाइजेसनका मन बहादुर दर्लामीले १ हजार ९२ मत प्राप्त गरेका छन् ।

फराकिलो मतान्तरसहित एमालेका गोर्कण विष्टको अग्रता

गुल्मीको क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले फराकिलो मतान्तरसहितको अग्रतालाई कायम राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार एमालेका विष्टले १७ हजार ६५४ मतसहित अग्रता कायम राखेका हुन् ।

यहाँ नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीले १५ हजार ३२३ मतसहित एमालेका विष्टलाई पछ्याइरहेकी छन् । विष्ट र झाँक्रीबीच २ हजार ३३१ मतान्तर रहेको छ ।

उदयपुर-२ बाट एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित 

उदयपुर-२ बाट नेकपा (एमाले)का उम्मेदवार अम्बरबहादुर रायमाझी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

उनी नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। एमाले उम्मेदवार रायमाझीले १५ हजार २५१ मत पाए भने एकीकृत समाजवादीका खतिवडाले १२ हजार ८९३ मत पाए।

त्यस्तै, स्वतन्त्र उम्मेदवार रामकुमार राईले १० हजार ३७९, मंगोल नेशनल अर्गनाइजेशनका भाष्कर राईले एक हजार ४२३ र राष्ट्रिय स्वतन्त्र पार्टीका अनिलकुमार श्रेषले ९१० मत पाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *