गुल्मी–१ काे मतगणना के हुँदैछ ?

गुल्मी। गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा सर्वदलीय सहमति नजुट्दा आज साँझबाट हुने भनिएको मत गणना सुरु हुन सकेन ।

साँझ बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि भोलि पुन बैठक बसेर सहमति जुटाएर मत गणना सुरु गर्ने तयारी भएको छ । गुल्मीमा मंसिर ४ मा रोकिएको अर्वेनी मतदानकेन्द्रको आज पुन मतदान भएको थियो ।

गुल्मीको क्षेत्र नं १ अन्तर्गत कालीगण्डकी गाउँपालिका-२ अर्बेनीमा रहेकाे भगवती माध्यमिक विद्यालयकाे ‘क’ र ‘ख’ केन्द्रमा स्थगित भएकाे मतदान आज पुन: सम्पन्न भएकाे हो ।

मतदान प्रक्रिया चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र परेपछि चुनावी प्रक्रिया स्थगित भएको थियाे ।

फराकिलो मतान्तरसहित एमालेका गोर्कण विष्टको अग्रता कायम, पछि परिन् झाँक्री

गुल्मीको क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले फराकिलो मतान्तरसहितको अग्रतालाई कायम राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार एमालेका विष्टले १७ हजार ६५४ मतसहित अग्रता कायम राखेका हुन् ।

यहाँ नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीले १५ हजार ३२३ मतसहित एमालेका विष्टलाई पछ्याइरहेकी छन् । विष्ट र झाँक्रीबीच २ हजार ३३१ मतान्तर रहेको छ ।

कास्की–३ मा एमालेको अग्रता

कास्कीको निर्वाचन क्षेत्र नं ३ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका दामोदर पौडेल बैरागीले छ हजार आठ सय ३९ मतसहित अग्रता लिएका हुन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले पाँच हजार पाँच सय ७० मतसहित पछ्याइरहेका छन् ।

यस क्षेत्रमा कूल ६१ हजार चार सय १४ मत खसेकोमा हालसम्म २० हजार आठ सय ७० मतगणना भएको छ । जसमध्ये एक हजार एक सय २० मत बदर भएको छ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बराल (जीवन)ले चार हजार आठ सय ३८ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीले एक हजार ५० मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *