प्यूठानमा फराकिलो मतान्तरसहित सूर्य थापाको अग्रता कायम

काठमाडौं । प्यूठानमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सूर्य थापाले फराकिलो मतान्तरसहितको अग्रतालाई निरन्तरता दिएका छन् ।

मतपरिणाम अनुसार थापाले ८ हजार ६४३ मत प्राप्त गरेका छन् भने उनको निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ६ हजार २५१ मत प्राप्त गरेकी छन् ।

निर्वाचन आयोगका अनुसार यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण प्रसाद पोख्रेलले ३१४ मत ल्याउँदा नेकपा मालेका माधव सिं केसीले २४२ मत ल्याएका छन् ।

मकवानपुर–२ः एमालेका महेशको अग्रता फराकिलो बन्दै, पछि परे विरोध (मतपरिणामसहित)

मकवानपुरमा जारी मतगणनामा जिल्लाको क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौलाले अग्रता कायम राखेका छन् ।

यहाँको हालसम्म २३ हजार ३३२ मतगणना हुँदा एमालेका बर्तौलाले ९ हजार २५४ मत सहित अग्रता कायम राखेका हुन् ।

उनलाई सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडाले ८ हजार ५२६ मतसहित पछ्याइरहेका छन् ।

यसैगरी, सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ३ हजार ३३५ मत प्राप्त गर्दा राप्रपाका राजन मैनालीले ४६३ मत प्राप्त गरेका छन् ।

समानुपातिक मतगणना : काठमाडौंमा घण्टीको अग्रता

समानुपातिकतर्फको जारी मतगणनामा काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत पाएको छ । घण्टी चुनाव चिह्न भएको सो पार्टीले हालसम्म ६ हजार ५७८ मत पाएको हो भने

दोस्रो स्थानमा रहेको कांग्रेसले ४ हजार ९९६ मत पाएको छ । यस्तै एमालेले ४ हजार २४५ मत पाउँदा राप्रपाले ३३०४ मत पाएको छ । यस्तै माओवादीले १७७९ मत पाउँदा नेमकिपाले १२४२ र नेकपा एकीकृत समाजवादी पार्टीले ७४० मत पाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *