काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता लगातार अग्रता बढाउँदै

काठमाडाैं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता बढाउँदै लगेकी छन् । प्रतिनिधिसभातर्फ ४२ हजार ४८४ मत गणना सकिँदा उनले ११९८१ मत पाएकी हुन् ।

यस्तै राप्रपाकी कुन्तीकुमारी पोखरेलले ८५०७ मत पाएकी छन् भने एमालेका मणिराम फुयालले ९३६९ मत पाउँदा माओवादीकी ओनसरी घर्तीले ८०६७ मत पाएकी छन् ।

काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन् । मंगलबार सकिएको मतगणनामा एमाले उम्मेदवार कृष्ण राईलाई हराउँदै चालिसे निर्वाचित भएका हुन् ।

चालिसे र राईबीच ३ हजार ९६२ मतान्तर रहेको छ । चालिसेले १५ हजार १५८ मत ल्याउँदा राईले ११ हजार १९६ मत पाएका छन् ।

समानुपातिकतर्फको जारी मतगणनामा काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत पाएको छ । घण्टी चुनाव चिह्न भएको सो पार्टीले हालसम्म ६ हजार ५७८ मत पाएको हो

दोस्रो स्थानमा रहेको कांग्रेसले ४ हजार ९९६ मत पाएको छ । यस्तै एमालेले ४ हजार २४५ मत पाउँदा राप्रपाले ३३०४ मत पाएको छ । यस्तै माओवादीले १७७९ मत पाउँदा नेमकिपाले १२४२ र नेकपा एकीकृत समाजवादी पार्टीले ७४० मत पाएको छ ।

कमल थापाले कति पाए मत ?

मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा तर्फ सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै राखेकी छिन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा डीनासँगको मतान्तर कम गर्न संघर्षरत रहेका छन् ।

डिनाले २ हजार १२४ मतको अग्रता बनाएकी छिन् । सो क्षेत्रमा कुल २५ हजार ५८ मत गन्दा डिनाले ९ हजार ५६९ मत पाएकी छिन् भने थापाले ७ हजार ४४५ मत ल्याएका छन् । त्यस्तै राप्रपाका दिपक बहादुर सिंह तेस्रो स्थानमा रहेका छन् । उनले ४ हजार ६४४ मतसहित थापालाई पछ्याइरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *