रवि लामिछानेले ह्वात्तै बढाए मतान्तर, रफ्तार राेकिने त छाँटकाँटै छैन !

काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाउँदै गएका छन् । उनले ८,९९३ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका कृष्णभक्त पोखरेलले ५,०७५ मत ल्याएका छन् ।

कांग्रेसका उमेश श्रेष्ठले ४,८१९ मत ल्याएका छन् । रवि एमालेका पोखरेलभन्दा ३,९१८ मतले अगाडि छन् ।

समानुपातिकतर्फको जारी मतगणनामा काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत पाएको छ । घण्टी चुनाव चिह्न भएको सो पार्टीले हालसम्म ६ हजार ५७८ मत छ दोस्रो स्थानमा रहेको कांग्रेसले ४ हजार ९९६ मत पाएको छ ।

यस्तै एमालेले ४ हजार २४५ मत पाउँदा राप्रपाले ३३०४ मत पाएको छ । यस्तै माओवादीले १७७९ मत पाउँदा नेमकिपाले १२४२ र नेकपा एकीकृत समाजवादी पार्टीले ७४० मत पाएको छ ।

झापा ३ मा लिङ्देनको फराकिलो अग्रता

झापा क्षेत्र नम्बर ३ मा राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायमै बनाएका छन् । उनले २७६७ मतान्तरका साथ अग्रता बनाएका हुन् ।

लिङ्देनले १२ हजार ३१ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार कृष्ण प्रसाद सिटौलाले ९ हजार २६४ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले ९१४ मत प्राप्त गरे ।

बारा ४ मा सत्ता गठबन्धनका उम्मेदवार श्रेष्ठ ३ हजार मतले अगाडि

बारा निर्वाचन क्षेत्र नं ४ मा सत्ता गठबन्धनका उम्मेदवार किसान श्रेष्ठ ३ हजार १३९ मतले अग्र स्थानमा देखिएका छन् । प्रसौनी गाउँपालिका वडा नं १ र ७, कलैया उपमहानगर वडा नं १७,

जीतपुरसिमरा उपमहानगर वडा नं १,७,२०,२१,२२ र विश्रामपुर गाउँपालिका वडा नं ४ को मतगणना हुँदा सत्ता गठबन्धन उम्मेदवार श्रेष्ठले ८ हजार ७९५ र एमाले उम्मेदवार एकवाल मियाँले ५ हजार ६५६ मत प्राप्त गरेका हुन् ।

त्यसैगरी बारा ४ मा प्रदेश सभा सदस्य तर्फ ४(क) मा एमाले उम्मेदवार देवनारायण चौधरी र ४ (ख) मा जितेन्द्र सोनल अगाडि रहेका छन् ।

बारा निर्वाचन क्षेत्र नं ४ मा जितपुरसीमरा, प्रसौनी, परवानीपुर, फेटा, विश्रामपुर र कलैया उपमहानगरको एक वडा गरेर ३८ वटा वडा यसै निर्वाचन क्षेत्रमा पर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *