ललितपुर-३ मा तोसिमा कार्की विजयी

काठमाडाैं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन्। बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाइन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए। सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन्। भुसाल अहिले ऊर्जा मन्त्री छन्।

काठमाडौं – ८ मा रास्वपाका विराजभक्त विजयी, पर्यटनमन्त्री पराजित

काठमाडौं – ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले उनका निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २ सय १६ मतान्तरले पराजित गरेका हुन् ।

श्रेष्ठले १० हजार १ सय ५ मत ल्याउँदा सायमीले ५ हजार ८ सय ८९ मत ल्याएका छन् । यहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार तथा हालवाला पर्यटनमन्त्री जीवनराम श्रेष्ठ तेस्रो भएका छन् ।

उनले ४ हजार ८७७ मत पाउँदा राप्रपाका प्रकाश रिमालले ४२२५ मत ल्याए । एमालेका शिवसुन्दुर वैद्य ३ हजार ५२२ मत मात्र पाए ।

समानुपातिकमा घण्टीले कटायो १ लाख मत, कुन दलको कति ?

प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख मत कटाएको छ । तेस्रो स्थानमा रहेको सो पार्टीले बुधबार बिहान साढे ८ बजेसम्म १ लाख १ हजार ५४३ मत प्राप्त गरेको हो ।

पहिलो स्थानमा रहेको एमालेले २ लाख २० हजार ५१७ मत प्राप्त गरेको छ भने कांग्रेसले १ लाख ९७ हजार ५४३ मत पाएको छ । यस्तै चौथो स्थानमा रहेको माओवादी केन्द्रले ९१ हजार ९५५ मत प्राप्त गर्दा राप्रपाले ५१ हजार मत कटाएको छ।

यस्तै जसपाले १६ हजार, जनमतले पनि १६ हजार तथा नेमकिपाले १३ हजार, नेकपा एकीकृत समाजवादीले ११ हजार तथा नागरिक उन्मुक्ति पार्टीले १० हजार समानुपातिक मत कटाएको छ । अन्य पार्टीको नाममा ४५ हजार मत आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *