समानुपातिकमा एमालेले कटायो दुई लाख‚ कसको कति?

काठमाडाैं । प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ। बुधबार बिहानसम्म एमालेले दुई लाख १८ हजार ७४८ मत प्राप्त गरेको छ।

यस्तै‚ नेपाली कांग्रेसले एक लाख ९६ हजार ३८१ ल्याउँदै दोस्रो स्थानमा छ। राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख एक हजार ३०३ प्राप्त गरी तेस्रो स्थानमा रहेको निर्वाचन आयोगले जनाएको छ।

एकल चिह्न रहेको  नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले ९१ हजार १७९ मत प्राप्त गरी चौथो स्थानमा छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५१ हजार ७४१ प्राप्त गरी पाँचौं स्थानमा रहेको छ।

कसको मत कति?

नेकपा (एमाले)- २‚१८‚७४८
नेपाली कांग्रेस- १‚९६‚३८१

राष्ट्रिय स्वतन्त्र पार्टी- १‚०१‚३०३
नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी- ९१‚१७९

राष्ट्रिय प्रजातन्त्र पार्टी- ५१‚७४१ ,  जनता समाजवादी पार्टी- १६‚६०५, जनमत पार्टी- १५‚९०३, नेपाल मजदुर किसान पार्टी- १३‚६१३, नेकपा (एकीकृत समाजवादी)- ११‚९२८, नागरिक उन्मुक्ति पार्टी- १०‚१९२ ।

बागलुङका चार वटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी

बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ ।

बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हीराबहादुर केसीलाई एक हजार चार सय ७९ मतान्तरले पराजित गरे । थापाले १३ हजार आठ सय ८४ मत ल्याउनुभएको छ भने केसीले १२ हजार चार सय पाँच मत ल्याए ।

बागलुङ–१ (२) मा कांग्रेसका डिल्लीराम सुवेदी विजयी भए । सुवेदीले एमालेका नवराज पौडेललाई छ हजार ७५ मतान्तरले पराजित गरे ।

सुवेदीले १३ हजार तीन सय २७ ल्याउँदा पौडेलले सात हजार दुई सय ५२ मत ल्याए । पौडेल स्थानीय तहको निर्वाचनमा कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । उनी कांग्रेस बागलुङको निवर्तमान सचिवसमेत थिए ।

बागलुङ–२ (१) मा कांग्रेस बागलुङका अध्यक्ष जितबहादुर शेरचन विजयी भएका छन् । शेरचनले एमालेका साथ पाएका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरलाई तीन हजार एक सय मतान्तरले पराजित गरे । शेरचनले १५ हजार एक सय आठ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गरे ।

घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बनेका थिए ।

बागलुङ–२(२) मा कांग्रेसकै दोर्णकुमार कुँवर विजयी भएका छन्। कुँवरले एमालेका लक्ष्मण पुनलाई तीन हजार सात सय ३७ मतान्तरले पराजित गरे । कुँवरले १२ हजार चार सय आठ मत ल्याउँदा पुनले आठ हजार छ सय ७१ मत ल्याए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *