गुल्मी २ : प्रदेश सभा सदस्यमा पनि एमालेकै उम्मेदवारहरु अगाडि, हेर्नुस् कस्काे कति मत !

गुल्मी। गुल्मी क्षेत्र नं. २ प्रदेश सभा सदस्यमा नेकपा एमालेका उम्मेदवारहरु अग्र स्थानमा छन् । गत मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवारद्वय डिल्लीराज भुषाल र दिनेश पन्थीले अग्रता कायम गरेका हुन् ।

बुधबार बिहान १:१० बजे सार्वजनिक गरिएको मतपरिणाम अनुसार गुल्मी क्षेत्र नं २ (क) प्रदेश सभा तर्फ नेकपा एमालेका डिल्लिराज भुषालले ८ हजार ६९८ मत सहित अग्रता कायमै राखेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका भुवन प्रसाद श्रेष्ठले ७ हजार ९१३ मत प्राप्त गर्दै भुषाललाई पछ्याईरहेका छन् ।

त्यस्तै गुल्मी क्षेत्र नं २ (ख) प्रदेश सभा तर्फ पनि नेकपा एमालेकै उम्मेदवार अग्रस्थानमा छन् । नेकपा एमालेका दिनेश पन्थी ५ हजार ४१६ मत सहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा माओबादी केन्द्रका बुद्वी बहादुर घर्ती ५ हजार १२४ मत सहित दोस्रो स्थानमा रहेका छन् ।

गुल्मी क्षेत्र नं. २ मा नेकपा एमालेका गोकर्ण बिष्टले आफ्ना निकटतम प्रतिद्वन्तीसँगको मतान्तर फराकिलो पार्दै अग्रता कायमै राखेका छन् ।

प्रतिनिधिसभा सदस्यको जारी मतगणनामा ३८ हजार २६१ मत गन्दा सम्मा नेकपा एमालेका बिष्टले १९ हजार १८४ मत पाएका छन् ।

नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्रीले १६ हजार ७०८ मतसहित उनलाई पछ्याइरहेकी छन् । पछील्लो मतगणना अनुसार झाँक्री भन्दा बिष्ट २ हजार ४७६ मतले अगाडि छन् ।

प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँपटक विजयी

डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गरेका छन् । योसँगै उनले सातौँपटक जित हासिल गरेका हुन् ।

कुल ५१ हजार दुई सय तीन मतगणना हुँदा देउवा २५ हजार पाँच सय ३४ मतका साथ विजयी भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार नेपाली कांग्रेस (विपी)का कर्णबहादुर मल्लले सात हजार पाँच सय ३५ मत प्राप्त गरेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

देउवा विसं २००३ जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस–५ मटेला, रुवाखोलामा जन्मिएका हुन् । विसं २०१७ देखि राजनीतिमा लागेका देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको पहिलो निर्वाचित अध्यक्षसमेत हुन् ।

विसं २०४८ को आमचुनावमा देउवा डडेल्धुराबाट विजयी भए । देउवाले २०५१ र २०५६ को संसदीय चुनाव, विसं २०६४ र २०७० को संविधानसभा चुनाव तथा २०७४ को संसदीय चुनावमा डडेल्धुराबाट जितेका थिए ।

यसपटक सातौँपटक पनि डडेल्धुराका मतदाता तथा अन्य साथीहरूको सहयोगमा जित हासिल भएको कांंग्रेसका जिल्ला सचिव शेरबहादुर भण्डारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *