अहिलेसम्म कुन पार्टीले कहाँ जिते ?

काठमाडाैं । तीन दिनदेखि जारी प्रतिनिधि सभाको मतगणनामा बुधबार बिहानसम्म २२ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले १३ सिट जित्दा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले ३/३ क्षेत्रमा जित हासिल गरेका छन्।

नेकपा (एकीकृत समाजवादी) नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक-एक ठाउँमा जित निकालेका छन्।

कसले कहाँ जिते?

नेपाली कांग्रेसले अहिलेसम्म सबैभन्दा धेरै ठाउँमा जितेकाे छ । काठमाडौं-१: प्रकाशमान सिंह, काठमाडौं-३ सन्तोष चालिसे, काठमाडौं-४: गगन थापा, काठमाडौं-५: प्रदीप पौडेल, काठमाडौं-१०: राजन केसी विजयी भए ।

त्यस्तै मनाङ- टेकबहादुर गुरूङ,  मुस्ताङ: योगेश गौचन, तनहुँ-२: शंकर भण्डारी, सुर्खेत-२: हृदयराम थानी, ललितपुर-१: उदयशमशेर राणा, पर्सा-४: रमेश रिजाल, डडेल्धुरा: शेरबहादुर देउवा, रसुवा: मोहन आचार्यले जिते ।

रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टीले ३ ठाउँमा जितेकाे छ । काठमाडौं-८: विराजभक्त श्रेष्ठ, काठमाडौं-२ : सोविता गौतम, काठमाडौं-७: गणेश पराजुली विजयी भइका छन् ।

नेकपा एमालेले अहिलेसम्म ३ ठाउँमा जितेकाे छ । ललितपुर-२: प्रेमबहादुर महर्जन, काठमाडौं-९: कृष्णगोपाल श्रेष्ठ, उदयपुर-२: डम्बरबहादुर रायमाझी विजयी भएका छन् ।

नेकपा (एकीकृत समाजवादी)बाट अछाम-२: शेरबहादुर कुँवरले चुनाव जितेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाँके-२: धवलशमशेर राणा विजयी भएका छन् । रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टीले पनि जितेकाे छ ।कैलाली-३: गंगाराम चौधरी विजयी भएका छन् ।

समानुपातिकतर्फ एमाले २ लाख १० हजार बढी मतसहित शिर्ष स्थानमा

जारी मतगणनाको समानुपातिकतर्फ नेकपा एमालेले २ लाख १० मत कटाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ २ लाख १० हजार ३८३ मतसहित एमाले शिर्ष स्थानमा रहेको छ ।

आयोगका अनुसार नेपाली कांग्रेस १ लाख ८७ हजार २७५ मतसहित दोस्रो स्थानमा र राष्ट्रिय स्वतन्त्र पार्टी ९७ हजार ७०५ मतसहित तेस्रो स्थानमा रहेको छ ।

नेकपा माओवादी केन्द्र ८६ हजार ९६३ मतसहित चौथो स्थानमा रहेको छ भने राप्रपा ५० हजार ३४५ मतसहित पाँचौ स्थानमा रहेको छ ।

यसैगरी, जनता समाजवादी पार्टीले १५ हजार ९८८, जनमत पार्टीले १५ हजार ६६१, नेपाल मजदुर किसान पार्टीले १२ हजार ८३४ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीले ११ हजार २८५ मत ल्याउँदै नवौं स्थानमा रहेको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टीले ९ हजार ८२० मत ल्याउँदा अन्य पार्टीहरुको ४४ हजार ४२७ मत रहेको आयोगको तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *