सुन चाँदीकाे भाउ घट्याे, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। बुधबार छापावाल सुन उक्त दरले घटेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन अघिल्लो दिन ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै मंगलबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ।

यता अघिल्लो दिन १ हजार २ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँ सस्तो हुँदै १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको छ।

नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी विनिमय दरभाउ तोकेको छ। यसअनुसार युरो १ को खरिद दर १३३ रुपैयाँ ९२ पैसा तथा बिक्री दर १३४ रुपैयाँ ५३ पैसा तोकिएको छ।

त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ३७ पैसा र बिक्री दर १३० रुपैयाँ ९७ पैसा रहेको छ। यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५४ रुपैयाँ ५४ पैसा र बिक्री दर १५५ रुपैयाँ २५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

जावलाखेल ग्रुप अफ इन्डिस्ट्रिजका अध्यक्ष विजय कुमार शाह सबैभन्दा बढी कर तिर्ने व्यक्तिको रुपमा सम्मानित भएका छन्। आन्तरिक राजश्व विभागले कर दिवसको अवसरमा व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिर्नेमा सम्मानित भएका छन्।

उनको नेतृत्वमा रहेको जाउलाखेल ग्रुपले नेपालको मदिरा व्यापारमा ठूलो हिस्सा ओगट्दै आएको छ। शाहले १९६९ मा व्यवसाय सुरु गरेका थिए।

ग्रुप अन्तगर्त एसियन डिस्टलरी, भिजय डिस्टलरी, राज ब्रुअरी लगायतका कम्पनी सञ्चालन गरिरहेका छन्। रुस्लान भोड्का, वर्डवायजर लगायत चर्चित ब्रान्ड रहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *