गुल्मी-२ मा एमालेको जित, गोकर्ण विष्टकाे ‘ह्याट्रिक जित’

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएका छन् । बिष्टले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै लगातार तेस्रो पटक सांसद भएका छन् । बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाइन् ।

बिष्टले २०३४ मतको अग्रतासहित जित हात पारेका हुन् । निर्वाचन आयोगले आधिकारिक घोषणा भने गर्न बाँकी छ ।बिष्टले २७० र २०७४ को चुनाव पनि जितेका थिए । यो जितसँग उनले संसदीय चुनावमा ह्याट्रिक पूरा गरेका छन् ।

झाँक्रीले हार स्वीकार गर्दै निर्वाचन आफ्ना लाथि लागि अत्यन्तै रोमाञ्चक रहेको बताएकी छिन् । ‘ज्ञानको हिसावले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढेभन्दा बढी । समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिंधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ,’

उनले लेखेकी छिन्, ‘जय र पराजय सामान्य प्रक्रिया हुन् । मैले अत्यन्तै सहज रूपमा लिएको छु । मेरो पक्षमा हजारौं मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सधै ऋणी हुनेछु ।’ उनले मतदातालाई धन्यवाद दिंदै निर्वाचनमा विजयी भएका बिष्टलाई बधाई पनि दिएकी छिन् ।

झाँक्रीकाे स्टाटस यस्ताे छ 

यो निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो। ज्ञानको हिसावले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी।समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ।

यो साडे दुई दशकमा समाजलाई जसरी Depoliticization (एक प्रकारको गलत प्रयोग) गरीएको रहेछ नि त्यो चाहि लोकतन्त्रको लागि गम्भिर छ। डर लाग्दो छ। जय र पराजय सामान्य प्रक्रिया हुन।

मैले अत्यन्तै सहज रूपमा लिएको छु। मेरो पक्षमा हजारौ मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सधै ऋणी हुनेछु। यो निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका सदस्यहरू।

गठबन्धन दलका नेतृत्वगण र नेता कार्यकर्ता साथिहरू, निर्वाचन सम्पन्न गर्न सहभागी सबै सुरक्षाकर्मी, कर्मचारी मित्रहरू,संवयम सेबक र पत्रकार साथिहरू मेरा समर्थक, शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु।

साथै यो निर्वाचनमा विजयी मेरो आदारयिण दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना। गुल्मी जिल्लाको समग्र विकाश र समृद्धीको यात्रामा म सधै साथमा रहनेछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *