रेशम चाैधरीका बुबा लालवीर चौधरी निर्वाचित

काठमाडाैं । बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका लालवीर चौधरी निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी बुबा लालवीर स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएका हुन् ।

लालवीरसंग माओवादीका सुरेश पन्थ १३५ मतले पराजित भएका हुन । बर्दिया २ को नतिजा आइसकेपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको छैन ।

गुल्मी– २ मा एमालेका गोकर्ण विष्ट विजयी

गुल्मी २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट २०३४ मतान्तरका साथ विजयी भएका छन् । विष्टले २८४७६ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एसकी सचिव रामकुमारी झाँक्री २६४४२ मा रोकिइन् ।

५६ सालदेखि यो क्षेत्रमा विष्ट निरन्तर निर्वाचन लड्दै आएका छन् । ५६ मा निर्वाचित उनी ६४ मा थोरै मतले पराजित भएका थिए । ७० र ७४ मा पनि गोकर्णले जितेका थिए ।

निर्वाचित भएपछि सोविता गौतमले भनिन् : देशमा परिवर्तनको सुरुवात भइसक्यो

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–२ कि नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतमले देशमा परिवर्तनको सुरुवात भइसकेको बताएकी छन् ।

बुधबार काठमाडौं–२ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले परिवर्तनको सुरुवात भइसकेकाले कोही पनि नेपाली नागरिक आत्तिनुनपर्ने धारणा राखिन् ।

अब देशमा नै युवाहरुले केही न केही गरेर देशमै बस्ने वातावरण बनाउन सक्नुपर्ने भन्दै उनले अबको ५ वर्षमा देशमा परिवर्तनको ढोका खुल्ने धारणा राखिन् ।

उनले प्रदेशको अहिलेको संरचनालाई सुधार गर्नुपर्ने आवश्यकता पनि औंल्याइन् । ‘परिवर्तनको शुरुवात भइसक्यो । अब कोही पनि आत्तिनुपर्ने छैन ।

हामी जस्ता युवा पुस्ताहरु आज विभिन्न अवसरको खोजीमा विभिन्न देशमा जाँदै गर्दा अब यो देशमा हामी आफैंले केही गर्नुपर्छ । कति देशबाट भाग्ने, कति सहज खोजेर अरुको देशमा मात्रै जाने ?’ उनले भनिन् ।

जिम्मेवारी बहन गर्न आफू सक्षम रहेको भन्दै सांसद गौतमले देशले गर्व गर्न लायक काम गरेर देखाउने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *