बागलुङ-१ बाट चित्रबहादुर केसी निर्वाचित

काठमाडाैं । बाग्लुङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका केसीले २१ हजार ४५१ मत ल्याएर विजयी भएका छन् भने एमालेका सूर्यप्रसाद पाठक १८ हजार ८२५ मत ल्याएर पराजित भएका हुन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ मत ल्याएर तेस्रो भएका छन् । यस्तै प्रदेश सभा १ बाट दीपेन्द्रबहादुर थापा २ बाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन् ।

कर्णालीमा एमालेले प्रदेश सभामा खोल्यो खाता

कर्णाली प्रदेशमा प्रदेश सभातर्फ नेकपा एमालेले खाता खोलेको छ। जुम्लाको प्रदेश (ख) बाट नेकपा एमालेका टेकराज पछाईले प्रदेश सभा सदस्यमा जित हात पारेका छन्।

नेकपा एमाले कर्णाली प्रदेश कमिटीका उपसचिवसमेत रहेका पछाईले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का पदमबहादुर रोकायालाई हराएका हुन्।

पछाईले ७ हजार ८१५ मतसहित प्रदेश सभा सदस्यमा जितेका हुन्। समाजवादीका रोकायाले ६ हजार ७२२ मत ल्याएका छन्। जुम्लाको प्रदेश (ख) मा २० हजार ६१६ मत खसेको थियो।

गठबन्धनबाट उम्मेदवार बने पनि एमालेका उम्मेदवारसँग पराजित भएका रोकाया कर्णाली प्रदेशका वर्तमान भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री हुन्।

यस्तै, दाङ-३ मा प्रतिनिधिसभा सदस्यतर्फ २६०५५ मत गणना हुँदा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले ११ हजार २ सय ४ मत ल्याएका छन्।

नेकपा एमालेकी उम्मेदवार कोमल वलीले ८७७१ मत प्राप्त गरेकी छन्। गिरी र वली बीचको मतान्तर २४३३ रहेको छ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले ४३५० मत प्राप्त गरेका छन्। यहाँ कुल मतदाता १ लाख ४६ हजार ४७५ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *