गुल्मी–१ मा सुरुवाती चरणमा एमालेका ज्ञवालीको अग्रता

तमघास । गुल्मी १ मा बुधबार दिउँसोदेखि सुरु भएको मतगणनामा एमालेका प्रदीप ज्ञवालीले प्रारम्भिक अग्रता हासिल गरेका छन् । १३०७ मत प्राप्त गर्दा नेपाली काँग्रेसका डा चन्द्र भण्डारीले ११५४ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभातर्फ कालीगण्डकी गाउँपालिका १ अन्तर्गत हर्मीचौरबाट गणना सुरु गरिएको हो । जिल्ला समन्वय समितिको सभा हलमा दिउँसो १ बजेदेखि मतगणना गर्न सुरु गरिएको हो । यो क्षेत्रमा ७० हजार ६ सय मत खसेको थियो ।

रुपन्देहीका पाँचमध्ये तीन क्षेत्रमा एमाले–राप्रपा गठबन्धनको अग्रता कायमै

रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा प्रतिनिधि सभातर्फ नेकपा एमाले–राप्रपा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् भने एउटामा कांग्रेस र अर्को एउटा क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।

एमाले–राप्रपा–जसपा गठबन्धन रहेको रुपन्देहीमा पाँच दलीय गठबन्धन भने पछि परेको छ । रुपन्देहीको क्षेत्र नं. १ मा एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका

एमाले नेता छविलाल विक ५ हजार ३४५ मतसहित अग्रपंतिमा रहेका छन् । पाँचदलीय गठबन्धनको साथ पाएका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल ४ हजार १०९ मतसहित दोस्रो स्थानमा छन् ।

रुपन्देही २ मा एमालेका विष्णु पौडेल ९ हजार ९५४ मतसहित अग्रस्थानमा छन् भने ९ हजार १९४ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल दोस्रो स्थानमा छन् । पाँच दलीय गठबन्धनबाट जनमुक्तिका केशव थापा ७ हजार ६७२ मतका साथ तेस्रो स्थानमा छन् ।

रुपन्देही ३ मा पाँच दलीय गठबन्धनबाट कांग्रेसका उम्मेदवार बालकृष्ण खाँण १४ हजार ३६६ मत ल्याएर अग्रता कायम गरेका छन् भने १२ हजार ३१८ मतसहित राप्रपाका दिपक​ बोहोरा दोस्रो स्थानमा छन् ।

रुपन्देही ४ मा भारी मतान्तरसहित लोकतान्त्रिक समाजावादीका उम्मेदवार सर्वेन्द्रनाथ शुक्ला अघि छन् । शुक्लाले १४ हजार २५१ मत पाउँदा उनका प्रतिस्पर्धी पाँच दलीय गठबन्धनबाट कांग्रेसका प्रमोद यादवले ११ हजार ५९४ मत हासिल गरेरे दोस्रो स्थानमा छन् ।

त्यस्तै रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे २१ हजार २११ मतसहित अग्रपङ्क्तिमा छन् भने प्रतिस्पर्धामा रहेका पाँच दलीय गठबन्धनबाट कांग्रेसका भरत शाह १८ हजार १४४ मतसहित दोस्रो स्थानमा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *