ताप्लेजुङबाट एमालेका योगेश भट्टराई निर्वाचित

काठमाडाैं । ताप्लेजुङबाट नेकपा (एमाले)का उम्मेदवार योगेश भट्टराई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

उनी नेकपा (माओवादी केन्द्र)का खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्य विजयी भएका हुन्। उनले २१ हजार ९४३ मत पाए भने बुढाक्षेत्रीले २१ हजार ७३५ मत पाए।

त्यस्तै, संघीय लोकतान्त्रिक मञ्चका उम्मेदवार होमप्रसाद तुम्बाहाम्फेले ८२८, जनता समाजवादी पार्टीका उम्मेदवार चन्द्र मादेनले ४३८,

राष्ट्रिय प्रजातन्त्र पार्टीका रामबहादुर कार्कीले २८०, राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रकुमार लिम्बूले १७६ र स्वतन्त्र उम्मेदवार सञ्जुकुमार पालुंवाले १३३ मत पाए।

रुकुम पूर्वबाट माओवादीका पूर्णबहादुर घर्ती निर्वाचित 

रुकुम पूर्वबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार पूर्णबहादुर घर्ती निर्वाचित भएका छन्।

उनी नेकपा (एमाले)का उम्मेदवार कैलाशकुमार मल्ललाई पराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्। उनले १२ हजार २६२ मत पाए भने एमालेका मल्लले पाँच हजार २११ मत पाए।

त्यस्तै, स्वतन्त्र उम्मेदवार चन्द्र झाँक्रीले ८९६, राष्ट्रिय प्रजातन्त्र पार्टीका खिमबहादुर खत्रीले ५८६, मंगोल नेशनल अर्गनाइजेशनका रतनबहादुर बुढाले ४६४ र नेशनालिस्ट पिपल्स पार्टीका बलबहादुर बुढाले ३०३ मत पाए।

घर्ती २०७४ सालमा लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। उनी लुम्बिनीका सभामुख भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *