उपेन्द्र यादवलाई १८ हजार मतान्तरले हराउँदै सीके राउत विजयी

काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् ।

राउतले ३५ हजा ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए । अन्य उम्मेदवारले हजार मत पनि कटाउन सकेन ।

गगन थापाको क्षेत्रमा गठबन्धनका कुसुम कार्की पराजित

काठमाडौं क्षेत्र नम्बर ४ ‘ख’ मा एमालेका जयराम थापा विजयी भएका छन् । गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका कुसुम कार्कीलाई पराजित गर्दै थापा विजयी भएका हुन् । थापाले १ हजार ३१७ ल्याए भने ‘ग’ कार्की ८ हजार ३८२ मात्र मत ल्याए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पुण्यलाल श्रेष्ठले ५ हजार १७७ ल्याएका छन् । गठबन्धनको पराजयमा राप्रपाले पाएको अप्रत्याशित मतलाई हेरिएको छ । बागमती प्रदेशका निवर्तमान सांसद कार्की पराजित भएपछि गठबन्धनले कांग्रेसलाई मात्र राहत देखिएको छ ।

कांग्रेस महामन्त्री थापा काठमाडौं – ४ बाट ७ हजार ४४७ मतान्तरले विजयी भएका छन् । यस्तै काठमाडौँ क्षेत्र नं ४ (१) मा पनि कांग्रेस श्रीराम लामिछाने विजयी भएका छन् ।

लामिछानेले राप्रपाका ऋद्धि राणालाई ५२१ मतान्तरले पराजित गरेका छन् । प्रदेशसभा (१) मा एमाले तेज ढकालले भन्दा राप्रपाका ऋद्धि राणाले बढि मत ल्याए । लामिछानेले ७१२५ मत ल्याए भने राप्रपाका राणाले ६६०४ तथा एमालेका ढकालले ४४३५ मत ल्याएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *