एमाले अध्यक्ष ओली विजयी, कति ल्याए मत ?

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट विजयी हुनुभएको छ । मत गनिसक्नुअघि नै ओलीको जित सुनिश्चित भएको हो ।

ओलीका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारी सुरूवात देखि नै ओलीको मत भन्दा दोब्बर बढी मतले पछाडि हुनभयो।

यो समाचार तयार पार्दासम्म ओलीले ४४ हजार ८ सय ५ मत पाउनु भएको छ भने उहाँका निकट्तम प्रतिस्पर्धी कांग्रेसका अधिकारीले २१ हजार १ सय ५४ मत पाएका छन् । उहाँहरुबीचको मतान्तर नै २३ हजार ५ सय भन्दा धेरै रहेको छ । जबकि गन्न बाँकी मत १३ हजार भन्दा कम रहेको छ ।

यस्तै, तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल हुनुहुन्छ । उहाँले ९ हजार ९ सय ३० मत ल्याउनुभएको छ ।

रूपन्देही- २ मा विष्णु पौडेलको अग्रता कायमै

रूपन्देही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेलले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार उनले १० हजार ५ सय १४ मत पाएका छन्।

यस्तै, उनका मुख्य प्रतिस्पर्धीका रूपमा राष्ट्रिय स्‍वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल छन्। अहिले उनको मत ९ हजार ८६२ छ। उनीहरूबीच ६५२ मतको अन्तर छ। अहिलेसम्म ३० हजार ८ सय २४ मत गणना भइसकेको छ।

गुल्मी-१ मा प्रदीप ज्ञवाली ४३ मतले पछि

गुल्मी क्षेत्र नं १ मा एमाले उपमहासचिव प्रदीप ज्ञवाली थोरै मतले पछाडि परेका छन्। उनलाई नेपाली कांग्रेसका चन्द्र भण्डारीले ४३ मतले पछि पारेका छन्। भण्डारीले २ हजार ५ सय ६० मत ल्याएका छन्। ज्ञवालीले २ हजार ५ सय १७ मत ल्याएका छन्।

रुपन्देहीबाट प्रदेशसभामा जनमत पार्टीका गुप्ता विजयी

रुपन्देही क्षेत्र नं ५ को प्रदेश सभा क्षेत्र २ मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन् । गुप्ताले नेपाली कांग्रेसका फखरुद्दिन खानलाई पराजित गर्दै विजयी भएका हुन् ।

गुप्ताले १२ हजार ९ सय ४१ मत ल्याएर विजयी हुँदा खानले ११ हजार ६ सय ५१ मत ल्याएका छन् । गुप्ता सथानीय चुनावअघि एमालेमा थिए ।

एमालेबाट मेयरको टिकट नपाएपछि उनी जनमत पार्टीमा प्रवेश गरी लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा उम्मेदवार भएर दोस्रो हुंदै पराजित भएका थिए ।

गुप्तासंग पराजित खान २०७४ को चुनावमा कांग्रेसबाट निर्वाचित भएका थिए । उनी लुम्बिनी प्रदेश सभामा पार्टीको संसदीय दलको प्रमुख सचेतक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *