झापा-५ मा केपी ओली भारी मतान्तरले विजयी, अहिलेसम्म कै सर्वाधिक मत

झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरले निर्वाचित भएका छन्। ओली ५२ हजार ३ सय १९ मतसहित निर्वाचित भएका हुन्।

यहाँ नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी पराजित भए। अधिकारीले जम्मा २३ हजार ७ सय ४३ मत ल्याएका छन्। ओलीले २८ हजार सात सय ४३ मतान्तरले चुनाव जितेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश पोखरेलले ११ हजार सात सय ४९ मत ल्याएका छन्। ओली २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।

बाग्लुङका दुई हेभिवेट नेताले प्रतिनिधि सभाको यात्रा निश्चित गरेका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका सचिव समेत रहेको शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका हुन् । यी दुवै पाँच दलीय गठबन्धनका उम्मेदवार हुन् ।

बागलुङमा चित्रबहादुर केसी र देवेन्द्र पौडेल निर्वाचित

बाग्लुङ १ मा नेकपा एमालेका डा. सूर्य पाठकलाई केसीले २ हजार ६२६ मतान्तरले पराजित गरेका हुन् । केसीले २१ हजार ४५१ मत ल्याएका छन् ।

एमालेका पाठकले १८ हजार ८२५ मत पाएका छन् । यो क्षेत्रमा १ मा ५४ हजार ७११ मत खसेको थियो । २०७४ मा विजयी पाठकलाई ८१ वर्षे केसीले ब्रेक लगाइदिएका छन् ।

१५ वर्षपछि चुनावी मैदानमा होमिएका केसीले प्रतिनिधिसभामा जनमोर्चाको विउ जोगाएका छन् । यो उनको चौथो संसदीय यात्रा हो ।

२०५६ र २०६४ को चुनावमा प्रत्यक्ष निर्वाचित भएका केसीले २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका थिए ।

बाग्लुङ २ मा मा माओवादी केन्द्रका पौडेलले नेकपा एमालेको उम्मेदवार मन्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै दोस्रो पटक संसद यात्रा तय गरेका छन् ।

पौडेलले २४ हजार ७७९ मत ल्याएर विजयी हुँदा एमालेकी शर्माले २० हजार १ सय ८० मत ल्याएकी छिन् । यो क्षेत्रमा ५१ हजार १३५ मत खसेको थियो । बाग्लुङको २ प्रतिनिधि सभा र ४ प्रदेशसभामा नेकपा एमाले क्लिनस्विप भएको छ ।

बागलुङ १ ‘क’ मा कांग्रेसका दीपेन्द्रबहादुर थापाले एमालेका हिराबहादुर केसीलाई १४७९ मतान्तरले पराजित गरेका छन् । थापाले १३ हजार ८८४ र केसीले १२ हजार ४०५ मत पाए ।

प्रदेश ‘ख’ मा कांग्रेसका डिल्लीराम सुवेदी विजयी भए । सुवेदीले एमालेका नवराज पौडेललाई ६ हजार ७५ मतान्तरले पराजित गरे । सुवेदीले १३ हजार ३२७ मत ल्याउँदा पौडेलले ७ हजार २५२ मत पाए ।

बाग्लुङ २ ‘क’ मा कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचन विजयी भए । शेरचनले एमालेका साथ पाएका स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती मगरलाई ३ हजार १०० मतान्तरले पराजित गरेका हुन् ।

शेरचनले १५ हजार १०८ र घर्तीले १२ हजार ८ मत पाए । बाग्लुङ २ ‘ख’ मा कांग्रेसकै दोर्णकुमार कुँवर विजयी भए ।

कुँवरले एमालेका लक्ष्मण पुनलाई ३ हजार ७३७ मतान्तरले पराजित गरे । कुँवरले १२ हजार ४०८ मत ल्याउँदा पुनले ८ हजार ६७१ मत पाएका छन् ।

२०७४ मा यहाँ वाम गठबन्धन हुँदा नेपाली कांग्रेस क्लिनस्विप भएको थियो । प्रतिनिधि सभामा एमाले र माओवादीले १/१ सिट जितेका थिए । प्रदेश सभामा जनमोर्चाले २, एमाले र माओवादीले १/१ सिट जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *