समानुपातिकमा एमालेले ३ लाख कटायो, घण्टीलाई पछ्याउँदै माओवादी

काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेले तीन लाख मत कटाएको छ । मंगलबार राति ९ बजेसम्म एमालेले तीन लाख ८ हजार ३७५ मत ल्याएर अग्रता कायमै राखेको छ ।

एमालेलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ । कांग्रेसले दुई लाख ८७ हजार ५२१ मत पाएको छ । तेस्रोमा भने राष्ट्रिय स्वतन्त्र पार्टीले मत ल्याइरहेको छ ।

रास्वपाले एक लाख ५४ हजार ९६८ मत ल्याएर तेस्रो स्थानमा छ । माओवादी केन्द्र चौथो स्थानमा छ । माओवादी केन्द्रले एक लाख ४१ हजार ३८१ मत पाएको छ ।

पाँचौं स्थानमा रहेको राप्रपाले ८१ हजार, छैटौंमा रहेको जसपाले २९ हजार र सातौं स्थानमा रहेको नेमकिपाले २६ हजार मत पाएको छ ।

एकीकृत समाजवादी भने नवौं स्थानमा छ । उसले १७ हजार मत पाउँदा जनमत पार्टीले २२ हजार मत ल्याएको छ ।

कैलाली-४ बाट कांग्रेसका बलायर विजयी, लेखराज भट्ट पराजित

कैलाली-४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन् ।

कांग्रेस सुदूरपश्चिमका सभापति समेत रहेका बलायर प्रतिद्धन्द्धी नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार बलायर २६ हजार १७१ मत प्राप्त गर्दै विजयी हुँदा एमालेका भट्टले २२ हजार ५८७ मत पाएका छन् ।

उनीहरु बीचको मत अन्तर तीन हजार ५८४ रहेको छ । डोटीका बलायर सत्ता गठबन्धनको भागबण्डामा डोटी एकीकृत समाजवादीको भागमा परेपछि कैलाली झरेर चुनाव लडेका थिए ।

२०७४ सालमा बलायर डोटीमा प्रेमबहादुर आलेसँग पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *